काठमाडौँ – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाली राजनीतिमा केही गम्भिर खिचडी पक्दै गरेको आशंका गरेका छन् ।
तर, के-कस्तो खिचडी पाक्दै गरेको हो भन्ने उल्लेख गरेका छैनन् । सोमबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रियता र लोकतन्त्र दल, नेता र व्यक्तिभन्दा जहल्यै माथि नरहेसम्म हरेक पुस्ताले उस्तै हेरानी खेप्नुपर्ने उल्लेख गरेका छन् ।
क-कसले के-के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो थाहा नभएको उनको भनाइ छ ।





































