काठमाण्डौ  ।  उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने निर्णय गरेका छन्।

दुवै दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ साझा रूपमा प्रयोग गर्ने सहमति भएको हो। ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनारद्वारा स्थापित हाम्रो पार्टी नेपालबीच बुधबार काठमाडौंमा भएको छलफलपछि सहमति भएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले बताए।

उनका अनुसार, दुई दलले आपसमा भएको सहमति तथा साझा चुनाव चिह्नका लागि निर्वाचन आयोगमा निवेदन बुझाउने तयारी गरेका छन्।