जनकपुरधाम— मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिवासस्थित पानस होटलमा यादवलाई मुख्यमन्त्रीका रुपमा नियुक्ति र शपथ खुवाएपछि सात दल रिट लिएर सर्वोच्च अदालतमा गएका हुन् ।

यादवले नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताए पनि प्रदेश प्रमुख भण्डारीलाई सरकारले सोमबार नै बर्खास्त गरिसकेको छ।

प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएकाले यादवलाई संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री बनाइएको प्रदेश प्रमुख भण्डारीले बताएकी थिइन् ।