काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने बताएका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार ९वैशाख १८० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारमा देखापरेका चुनौती नियन्त्रण गर्नुपर्ने पनि बताए ।

“श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरू हुन्, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घरदैलोमा पुर्‍याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुुर्‍याउन ‘श्रमसंसार’ पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु,” उनले भने । 

ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहं भूमिका रहने उनले बताए ।

प्रधानमन्त्री ओलीले सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढाइसकेको जानकारी दिए ।

सरकारले आउँदो दशकलाई आन्तरिक प्रवर्द्धन दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन प्रधानमन्त्री ओलीले आह्वान गरे ।