काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । शाखा अधिकृतको ‘अनधिकृत’ पत्रले रेशम चौधरी झण्डै ५ घण्टा थुनामा परेका थिए । उनलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्चले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा चौधरी रिहा भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका उनलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीले चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर हुँदै डिल्लीबजार कारागार बुझाएको थियो ।

उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता घोषणा कार्यक्रम नै स्थगित भएको थियो । चौधरीलाई थुनामुक्त गर्न फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।

Resham