काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् ।

बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।

सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई कारबाही गर्ने तयारी भएको छ । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।

यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह बिष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो ।बिष्टले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।FB_IMG_1746010658992