काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ ।
पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकारबाट बाहिरिने तयारी गरेको हो । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारबाट बाहिरिने तयारी गरेको बताइन् ।
संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने बताएका छन ।