काठमाडौं— कानुन विपरित थुनामा राखिएको भन्दै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।
उनले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गनुपर्ने प्रावधान रहने गरेको छ । थुनामा पठाउनेगरी यस अघि उच्च अदालतले दिएको आदेश विरुद्ध उनले अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । उक्त निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।