काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने तयारी राप्रपाको छ । राप्रपाले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने यसअघि नै जनाइसकेको छ ।

यसैबीच, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ । अराजकता फैलाए कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।