काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ । बैंकिङ समूह शून्य दशमलव शून्य तीन, र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले घटेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन दुई दशमलव ४४, लगानी एक दशमलव ४८ र उत्पादन तथा प्रशोधन एक दशमलव ३६ प्रतिशतले बढेको छ ।