काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए । 

उनका अनुसार बुधबारको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको छ । उनले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको जानकारी दिए । 

OM Sai Pathibhara Hospital

रास्वपाले वैशाख अन्तिम साता महाधिवेशन गर्ने तय गरे पनि सभापति लामिछाने पुर्पक्षका लागि थुनामा परेपछि निर्धारित मिति परिवर्तन गर्ने तयारी गरेको छ ।