"सयौं अपराधी छुटून्, तर एकजना पनि निर्दोष नफसून।"

दरबारमार्ग प्रहरी वृत्तको मुद्दा फाँट माथि छतको विममा ठुला अक्षरमा लेखिएको यो वाक्य।

OM Sai Pathibhara Hospital

मंसिर १३, २०८१, बिहान करिब ११:३०।

लाजिम्पाटस्थित सीआइबी कार्यालयबाट मलाई त्यहाँ पुर्याइयो।

ती शब्दहरू देख्दा पहिलो प्रश्न मेरो मनमा आयो—यी कसको भनाइ हो? कसले प्रहरीको उद्देश्य यति सरल र पवित्र रूपमा शब्दमा बाँध्न निर्देशन दियो?

महिले प्रश्न गरे । "पूर्व डिएसपी साहेबका वाक्य हुन्," मुद्दा फाँटका एक महिला प्रहरी जवानले सहज उत्तर दिइन्।

तर मेरा मनमा प्रश्नहरूको आँधीमात्रै उब्जियो। के यी शब्दले प्रहरी फोर्सलाई वास्तवमै न्यायिक संस्था बनाएको छ? शब्दले त पवित्रताको भ्रम दिन सक्छ, तर कर्मले त सत्यको अनुहार उजागर गर्छ। ती शब्दमा झुण्डिएको मलाई आजको सिआइबी र प्रहरीका व्यवहारले लगाएको ठेस सम्झियो। सत्यका पक्षमा अडिग म, आज एउटा पवित्र उद्देश्य बोकेको संस्थाको षड्यन्त्रको चपेटामा फसेको थिएँ।

यो वाक्यहरु जब मैले देखेँ ।यी वाक्य आफैंले न्यायको नाममा अन्यायको कटु परिहास गरिरहेको महसुस भयो।

मनमनै सोचें—शब्दहरूले त प्रहरी संगठनलाई सम्मानित बनायो, तर के कर्महरूले पनि बनायो?

यो वाक्यले मलाई विडम्बनाको गहिराइमा डुबायो।

 त्यो फाँट, जहाँ न्यायका लागि चिच्याइरहेका नागरिकका आवाजहरू गुम्सन्छन्।

जहाँ मुद्दा उठाउने नाममा निर्दोषहरूलाई अपमान र अपहेलनाको अमिलो घुट हाल्न बाध्य बनाइन्छ।

त्यहाँका सुरक्षाकर्मीहरू, जो जनताको सेवा गर्न भनेर खटाइएका थिए,

"मामिला मिलाउने" नाममा कुनै निर्दोषलाई धम्क्याइरहेका थिए,कतै अरूलाई कानुनी गलपाँसोमा झुण्ड्याउँदै थिए।

म माथि पनि उनीहरूको चिसो दृष्टि थियो।

मानौं, म न्यायको अभियन्ता होइन,

अपराधको ठेकेदार हुँ।

पर्खाइको घण्टौ सम्म मुद्दा फाँटको सन्नाटामाथि मेरो आँखाले केवल हेरिरहे ।

त्यहाँका भित्ताहरू,

जहाँ कैयौं निर्दोषका चित्कारहरू दुलो पसेर हराएका थिए।

जसले प्रहरी संगठनको "मानवताको पहरेदार" भन्ने छविलाई गिज्याइरहेको थियो।

तिनीहरू त केवल अन्यायको गहिरो संकेत थिए।

ती निर्दोष नागरिकहरू, जसले आफूले केही गलत गरेको छैन भन्ने विश्वासमा न्याय माग्न आएका थिए,

तर, यहाँ आएपछि उनीहरूको आत्मसम्मानलाई रौंदै,

तिनीहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको थियो।

"यहाँ त जसले न्याय खोज्न आउँछ, ऊ थप अन्यायमा फस्छ,"सुरक्षाकर्मीको कटाक्षले त्यहाँको असलियत प्रकट गर्थ्यो।

मुद्दा फाँटका कोठामा, नागरिकहरूलाई कानुनी जालोमा अड्काउन सुरक्षाकर्मीहरू कति व्यस्त देखिन्थे।

मानौं, सत्य, असत्य, न्याय, अन्याय केही महत्त्वपूर्ण थिएन।

महत्त्वपूर्ण थियो त,

त्यो क्षणको अनुसन्धान,

जो निर्दोषलाई अपराधी बनाउने प्रक्रियाको हिस्सा थियो।

त्यहाँको अवस्था हेर्दा, मनमा एउटै प्रश्न घुम्यो—

"कसरी एउटा संस्था, जसले नागरिकहरूको सुरक्षाको जिम्मेवारी लिएको छ,

त्यो संस्था नागरिकहरूमाथि नै यस्तो क्रूरताको केन्द्र बन्न सक्छ?"

न्यायका लागि बनाइएको संरचना,

अन्यायको प्रतीक बनिसकेको छ।

सिआइबीले मलाई नियन्त्रणमा लिएर, अनुसन्धानको नाममा २४ घण्टा विभिन्न कागजी कारवाहीमा लगायो। "तपाईंलाई यो अनुसन्धानपछि छोडिन्छ," भनेर मलाई दरबारमार्ग प्रहरी वृत्तमा जिम्मा लगाइयो। मैले सोचें, अब स्वतन्त्रताको आशामा एक कदम नजिक पुगियो। तर प्रहरी वृत्तभित्रको यात्राले मलाई झन् गहिरो अन्यायको दलदलमा तान्दै लग्यो। सर मलाई के ले रोकेको हो ? म निस्कन सक्छु ? मेरो जिज्ञासा चिर्दै एक कर्मचारी बोले 

“सर, तपाईंका लागि समय लाग्छ। सानो प्रकृया बाँकी छ,”

माथिको फाँटका एक कर्मचारीले शान्त स्वरमा भने। मेरो नाम, थर, तीन पुस्ते विवरण र व्यक्तिगत परिचयको लामो विवरण उनीहरूको दर्ता पुस्तिकामा पर्छ। सिआइबीले मलाई यहाँ ल्याउनुको वास्तविक कारण यति लामो औपचारिकताभित्र लुकेको थियो।

 केहि क्षणपछि मलाई तल्लो तल्लाको प्रतीक्षालयमा झारियो। चिसो कोठा, गन्हाउने कपडा, र दुर्गन्धले भरिएको कुनो। कोठामा पुराना काठका बेंचहरू थिए, मानौं विद्यालयका बच्चाहरूले पनि तिनलाई अब उपभोग गर्न नसक्ने भइसकेका थिए।

"कठै तिनीहरू!" मैले मनमनै भनेँ, "जसले न्याय माग्न आएका थिए, तर यहाँ अन्यायको सिकार बन्न पुगे।"

प्रहरी जवानहरूकै अवस्था पनि सोचनीय थियो। उनीहरू बिसौं वर्षसम्म यस्तै स्थानमा सेवा गर्दै, कैदजस्तै जीवन बिताउन बाध्य थिए। के उनीहरूको जीवनले समाजको कुनै न्यायिक परिभाषा दिन सक्छ? के उनीहरूले कहिल्यै सोचेनन्, “मानिस खानका लागि बाँच्छ कि बाँच्नका लागि खान्छ?”

मेरो मनमा अनेकौ तर्कहरु चलिनै रहेका थिए |

अन्ततः, मेरो प्रतीक्षा समाप्त भयो। असई साहेब कागजका दुई पाना लिएर कोठामा आए। "कल्पित सर, सानो प्रकृया बाँकी छ। हस्ताक्षर गरिदिनुहोस्," उनले मीठो स्वरमा भने।

मलाई आशा थियो, अब हस्ताक्षर गरेपछि यो अन्यायको चक्रव्यूहबाट छुटकारा पाइन्छ। म चुपचाप हस्ताक्षर गर्न तयार भएँ।

तर, मेरो हस्ताक्षरले मेरो निर्दोषतालाई प्रमाणित गर्ने होइन, बरु प्रहरीका षड्यन्त्रलाई वैधानिक बनाउने खेल रहेछ। हस्ताक्षर गरेपछि उनीहरूले मलाई दुईवटा पत्र दिए। एक थियो अभद्र व्यवहारको पक्राउ पुर्जी र अर्को थियो थुनुवा पुर्जी।

“प्रहरी निरिक्षक देवानन्द मिश्र”**को हस्ताक्षर गरिएको यो पुर्जीमा भनिएको थियो—तपाइ लाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको छ।

तर, यो सबै बनावटी थियो। यो पत्र देख्दा मलाई लाग्यो, म सत्यका पक्षमा बोल्दा बोल्दै षड्यन्त्रको चक्रव्यूहमा फसाइएको रहेछु।

म त्यहाँ न्यायको खोजीमा छु। मेरो हरेक पाइलामा प्रहरीका षड्यन्त्रका छायाहरू स्पष्ट देखिनथ्यो । 

मलाइ कोठा भित्र राखेर प्रहरीले अघिल्लो दिनको थुनुवा र पक्राउ पुर्जी खोसेर 

मंसिर १२ कै मितिमा, अभद्र व्यवहार मुद्दाको नयाँ पत्र थमायो।

यो कदम नियोजित षड्यन्त्र थियो, जसले प्रहरी संगठनभित्रको अन्यायको वास्तविकता उजागर ग-यो।

प्रहरीका यी खेलले मलाई न्यायका लागि पुनः एकपटक सोच्न बाध्य बनायो। हिरासतमा परेर दिनभर गन्हाउने कोठामा समय बिताउँदा मलाई अब यस अन्यायविरुद्ध कुनै अन्य उपाय बाँकी नरहेको महसुस भयो। मैले मनमनै प्रतिज्ञा गरे—म अब हिरासतभित्रै आमरण अनशन सुरु गर्नेछु। यो मेरो आवाज मात्र होइन, ती सबै निर्दोषका लागि एक सन्देश हुनेछ, जो प्रहरीको षड्यन्त्रमा 

अहिले म निर्दोष छु भन्ने थाहा हुँदाहुँदै,

मलाई अपराधी बनाइएको छ।

तर, म यो अन्यायलाई मौन सहेर बस्न सक्दिन।

मैले निर्णय गरें—

म हिरासतभित्रैबाट यो व्यवस्था र अन्यायको विरुद्ध आमरण अनशन सुरु गर्नेछु।

यो कथा केवल मेरो व्यक्तिगत पीडा होइन।

यो प्रत्येक निर्दोष नागरिकको कथा हो,

जो न्यायको आशामा, अन्यायको शिकार बनिरहेका छन्।

समाजलाई, यो व्यवस्थाको क्रूरता चिर्न सचेत र संगठित हुनुपर्ने आवश्यकता छ। जसको सम्बाहक अब महिले हुने प्रण गरें।


क्रमशः...