उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको दाबी गरेका छन् । 

नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार गठन भएको एक महिना अवधिमै अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको बताए । 

OM Sai Pathibhara Hospital

गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको उनको दाबी छ । 

‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेका छन्, उनले भने, ‘साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएका छन् ।’ 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गरे । 

उनले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएको बताए । 

नयाँ सरकार गठन भएपछि पुँजीबजार पनि उत्साहित भइरहेको मन्त्री पौडेलको भनाई छ ।