काठमाडौं–नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँच जना यात्रुको शव परीक्षण थालिएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शव परीक्षणको प्रक्रिया सुरु भएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी जानकारी गराए ।
उक्त दुर्घटनामा एक नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो। हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी गरिएको छ भने चिनियाँ नागरिकहरूको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको छ ।






































