काठमाण्डौ  ।  ठुलो दुर्घटनाबाट जोगियो अर्को हेलिकप्टर  काठमाडौँबाट नेपालगन्ज हुँदै बैतडीकालागि उडेको हेलिकप्टर खराब माैसमका कारण बाँकेको राप्तिसोनारी गा.पा कुसुम खेतमा आकस्मिक अवतरण गरेको छ ।

पुनः आजै अर्को हेलिकप्टरको आपतकालीन अवतरण गरेको हो। काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरिएको छ।

OM Sai Pathibhara Hospital

आज दिउँसो साढे ४ बजे बैतडीका लागि उडेको उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले  बताएको छ ।