काठमाडौं— एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित पाँच जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।

OM Sai Pathibhara Hospital

हेलिकोप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर  बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट  रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको नागरिक उड्ड्यन प्राधिकरण स्रोत जनाएको छ।

उक्त हेलिकोप्टरमा चालकसहित पाँचजना सवार थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी तिलक भारतीले हेलिकोप्टरको पुच्छरबाहेक अन्य सबै भाग जलेको अवस्थामा भेटिएको जानकारी दिए।

हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।