काठमाडौं–चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, पृथ्वीराजमार्गअन्तर्गत खसेको पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी छ । प्रहरी निरीक्षक भण्डारीले सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने बताए ।