कपिलवस्तु— भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ।

असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्। 

OM Sai Pathibhara Hospital

यशोधरा गाउँपालिका ५, भगवानपुर, लोहरौली र भैंसहियाका किसानको ३ सय बिघा बढी खेत डुबेको हो। बाँध फुटेर १५ दिनदेखि पानीले खेत डुबाएकाले अब हातमुख कसरी जोर्ने भन्ने चिन्ताले सताएको यशोधरा गाउँपालिका कपिलवस्तुका किसान भगवानदास यादवले गुनासो गरे । 

महलीसागर बाँधका १५ वटा ढोकामध्ये केहीमा एक मिटर चौडा र डेढ मिटर लम्बाइका मोटामोटा सालका पटरी राखेर पानी छेकिएको छ। 

त्यसले निकास थुनिँदा नेपालतर्फ डुबान भएको नेपाली किसानको दाबी छ।

रोपाइँ गर्न तयार खेत डुबेपछि १५० परिवार किसानको चिन्ता बढेको छ। कतिपय किसानको बिउ रोप्न नपाउँदा पहेंलिएको छ।