झापा- १ फागुन २०५२ मा नेकपा माओबादीले तत्कालिन राज्य सत्ता विरुद्ध जनयुद्धको घोषणा ग¥यो । जनयुद्ध शुरु गर्दा माओबादी केन्द्रिय समितीमा १९ जना थिए । ती मध्ये अहिले पार्टीमा ८ जना मात्रै छन् । केही नेताले अर्को पार्टी गठन गरे, केहीले राजनीति छाडेर पेशा व्यवसाय रोजे भने केहीलाई राज्यले वेपत्ता पा¥यो । तत्कालिन माओबादी पार्टी बिभिन्न समयमा बिभाजित भएर आधा दर्जन भन्दा बढी कम्युनिष्ट पार्टी गठन भए । ती मध्ये कतिपय पार्टी अहिले पनि सकृय छन् । केही नेताले नेतृत्व गरेका पार्टी अन्य पार्टीसँग एकिकरण भए । माओबादी बिभाजन मात्र भएको छैन यस बिचमा बिभिन्न कम्युनिष्ट बिचार बोकेका पार्टीसँग एकिकरण समेत भएको छ । यस बिचमा देशको ठूलो कम्युनिष्ट पार्टी नेकपा एमाले र माओबादी बिच पनि पार्टी एकता भयो । दुइ कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपाको एकता लामो समय टिक्न भने सकेन । 


OM Sai Pathibhara Hospital

नेकपा बिभाजन भएपछि दुइ कम्युनिष्ट पार्टी पुरानै धारमा फर्किए । केहि माओबादी नेता पार्टी बिभाजन पछि एमालेमा गएपनि अधिकांस नेता माओबादीमै फर्किए । तत्कालिन नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ससस्त्र जनयुद्ध को घोषणा भएको थियो । आज त्यहि पार्टी बिभिन्न पार्टीसँग एकता गर्दै नेकपा माओबादी केन्द्र भएको छ । 


माओबादी केन्द्रको इतिहाँस हेर्दा बिगतमा बिभाजन र एकीकरण उस्तै उस्तै देखिन्छ । जनयुद्धको घोषणा भएका बेला केन्द्रिय समितिमा पुष्पकमल दाहाल, मोहन वैध (किरण) डा. बाबुराम भट्टराइ, पोष्टबहादुर बोगटी, राम बहादुर थापा (बादल), सिपी गजुरेल, हरिभक्त कडेल, हरिबोल गजुरेल, टोपबहादुर रायामाझी, मात्रीका यादव, नारायणप्रसाद पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र बिष्ट, यानप्रसाद गौतम, दण्डपाँणी न्यौपाने, दिनेश शर्मा र फडिन्द्र आचार्य थिए । यी १९ मध्ये प्रचण्ड सहित गजुरेल, यादव, गुरुङ, भुसाल, आचार्य र सापकोटा माओबादी केन्द्रमै छन् । मोहन वैधले नेकपा क्रन्तिकारी माओबादी पार्टी गठन गरेका छन् । प्रचण्डसँग फरक मत राख्दै उनले छुट्टै पार्टी गठन गरेर अध्यक्ष भएका हुन । बैध नेतृत्वको पार्टीमा हरिभक्त कडेल, सिपी गजुरेल र दिनेश शर्मा छन् । 


बाबुराम भट्टराइले संबिधान घोषणा पश्चात नयाँ शक्ति पार्टी गठन गरे । केहि समय पछि उनले संघिय समाजबादी पार्टीसँग एकीकरण गरेर जनता समाजबादी पार्टीको संघिय परिषद अध्यक्ष भए । हाल उनी समाजबादी पार्टी नेपालमा छन् । पोष्टबहादुर बोगटीको हृदयघातका कारण मृत्यु भैसकेको छ भने लोकेन्द्र बिष्ट राजनिती छाडेर कृषि पेशामा सकृय छन् । नारायणप्रसाद शर्माले पछिल्लो समय एम.सी.सी.को बिरोध गर्दै पार्टी छाडेका छन् । बादल र रायामाझी एमालेमा छन् । यानप्रसाद गौतम राज्य पक्षबाट मारीए भने दण्डपाँणी न्यौपाने अहिलेसम्म बेपत्ता छन् ।