झापा / प्रदेश १ मन्त्रिपरिषद्को बैठकले  ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले  ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९’ सहित विभिन्न आठ कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो। 

OM Sai Pathibhara Hospital

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी कार्यविधि, २०७९’ पनि स्वीकृत गरेको छ।

यसैगरी  ‘कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९’,  ‘मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९’,  ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९’ र  ‘सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका, २०७९’ को मस्यौदा समेत बैठकले स्वीकृत गरेको छ। 

यस्तै बैठकले घरेलु मदिरा ब्रान्डिङ गर्न ‘घरेलु मदिरा ब्रान्डिङ निर्देशक समिति तथा कार्यदेश’ र  ‘प्रदेश श्रम सल्लाहकार परिषद् गठनसम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७९ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।