एजेन्सी / पछिल्लो समय जापान र दक्षिण कोरियामा दैनिक कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । 

जापानमा आज बिहीबार मात्रै दुई लाख ४६ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार १ लाख ९६ हजार संक्रमित थपिएका थिए भने मंगलबार १ लाख ७२ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

OM Sai Pathibhara Hospital

जापानमा हालसम्म कोरोना सङ्क्रमितको संख्या १ करोड ४८ लाख ६१ पुगेको छ । ती मध्ये १ करोड २८ लाख संक्रमणमुक्त भएका छन् भने ३४ हजार भन्दा बढीको मृत्यु भएको छ । 

अहिले जापानमा २० लाख २६ हजार बढी सक्रिय संक्रमित छन् । पछिल्लो २४  घण्टामा थप २४८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै दक्षिण कोरियामा पनि पछिल्लो २४ घण्टामा १ लाख ३७ हजार नयाँ संक्रमित थपिएका छन् । बुधबार १ लाख ४९ हजार संक्रमित भेटिएका थिए भने मंगलबार १ लाख ५१ हजारमा संक्रमण भएको थियो । 

वल्र्डओमिटरको तथ्याङ्क अनुसार विश्वभर ४ लाख ८६ हजार नयाँ संक्रमित फेला परेका छन् ।