विराटनगर / मोरङको विराटनगर –३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएको हो । 

ट्युमरका कारण हिँडडुल गर्न नसक्ने भएर थला परेकी उनको पिसाब समेत नियन्त्रण बाहिर गएको थियो । छोरीलाई उपचारका लागि प्रतिज्ञाकी आमा राम दुलारी मण्डलले जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर गएपनि उपचार हुन नसकेपछि आर्या न्युरो हस्पिटलमा लिएर आएकी थिइन् । 

OM Sai Pathibhara Hospital

गत १ साउनमा आर्या न्युरो हस्पिटल आएकी प्रतिज्ञाको न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टिमले ३ साउनमा सफल शल्यक्रिया गरेको थियो । उनको स्पाइनल कर्ड ८ सेन्टिमिटरको लामो ट्युमर रहेको डा. पंकजराजले जानकारी दिए । 

‘बालबालिकाहरूको स्पाइनल कर्डमा देखिने यस्ता ट्युमरको शल्यक्रिया  धेरै जोखिम हुने गरेको छ,’ डा. नेपालले भने, ‘ च्यालेन्जिङ्ग सर्जरी गरेर हामीले स्पाइनल कर्डमा भएको ट्युमर निकालेका छौँ ।’

डा. नेपालका अनुसार प्रतिज्ञाको मेरुदण्डको ७ वटा हड्डीको पछाडि ट्युमर रहेको थियो । यसलाई स्पाइनल कर्ड भन्छिन् । ‘दिमागबाट आएको नशालाई ट्युमरले समातेको थियो । यो बाहिरतिर ढाडको अप्रेसन गरेपछि प्यारालाइसिस हुन्छ भन्ने हल्ला रहेछ । त्यो हल्ला सत्य होइन,’ वरिष्ठ न्युरो सर्जन डा. नेपालले भने, ‘ ट्युमरको अप्रेसन गरेपछि मान्छे हिड्न सक्छ भन्ने यो घटनाले पनि देखाएको छ । बच्चामा ट्युमर रियल हुन्छ । त्यसमाथि पनि मेरुदण्डमा पनि ट्युमर धेरै हुन्छ । यसरी बेलैमा ट्युमरको शल्यक्रिया गरेर उपचार गरे बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने गर्दछ ।’

मेरुदण्डमा ट्युमर देखिएको बिरामीको चाँडै उपचार गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । यस्ता बिरामीको समयमै उपचार नगरे खुट्टा नचल्ने, पिसाब नियन्त्रण नहुने लगायतका अन्य विभिन्न समस्याहरू देखा पर्दै जाने डा. नेपालले बताए ।

२५ दिनको उपचारपछि प्रतिज्ञालाई अस्पतालले डिस्चार्ज दिएको छ । अहिले उनी आफै हिँडडुल गर्न सक्ने भएकी छिन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर  पुनः जन्म दिएको प्रतिज्ञाको आमा राम दुलारी मण्डलले बताइन् । उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ भएको उनले सुनाइन् ।

‘छोरीलाई बचाउन आर्या न्युरो हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दिनम । उपचारमा सहयोग पु¥याउने चिकित्सकहरू प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो कान्छी छोरीलाई बचाउनुभयो । अहिले हिँडडुल गर्न सक्ने भएकी छिन् । बाबुले नयाँ जीवन पाइन्,’ आमा राम दुलारीले भनिन् ।

यस अघि पनि आर्या न्युरो हस्पिटले जटिल प्रकृतिका बिरामीहरूको पनि सफल गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाइसकेको अवस्थामा आर्याले उनीहरूलाई नयाँ जीवन प्रदान गर्न थालेको हो ।

यसरी एक पछि अर्को जटिल प्रकृतिका बिरामीको सफल उपचार गरी पूर्वाञ्चलमै कम खर्चमा गुणस्तरीय उपचार हुने भरपर्दो अस्पतालको रूपमा स्थापित हुँदै आएको देखिन्छ ।