बिर्तामोड / देशभर आज थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ३७८९ नमूना परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०४० र एन्टिजेनबाट १७४९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४५१ र एन्टिजेनबाट १०२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४३३ जना कोरोना मुक्त भएका छन् भने हाल कोरोना सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ६५९ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६ हजार ९६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।