विराटनगर / विराटनगर – ३ कंन्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा एक जनाविरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोदकुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा . पंकजराज नेपालले साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया गरेका छन् । १७ दिन अगाडि अर्थात २६ साउनमा टाउको दुखेपछि साह बेहोस भएका थिए । ‘१० मिनेट जति बेहोस भएपछि रगत नै बमिट पनि गर्नुभयो । हामीले आतिएर विराटनगरको विराट टिचिङ्ग हस्पिटलमा लिएर गयौं । त्यहाँ २४ घण्टा आइसियूमा विरामी राख्नु पर्ने बताएपछि हामीले त्यहाँबाट आर्या न्युरो हस्पिटलमा लिएर आएका थियौं,’ श्रीमती सुनिताले भनिन्, ‘आर्या न्यूरोमा ल्याएपछि वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले बिरामी हेरेपछि अप्रेसन गर्नुपर्ने सुझाव दिनुभयो । हामीले मन्जुरी दिएपछि अप्रेसन सफल पनि भयो ।’

OM Sai Pathibhara Hospital

डा नेपालको टिमले पाँच घण्टा लगाएर साहको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । ‘साहको ठाउँकोमा रगतको नशा गुजुल्टिएर बसेको थियो । त्यसलाई मेडिकल भाषामा एभी फिस्टुला अर्थात बुझ्ने भाषामा रगतको नशा गुजुल्टीएको भन्न सकिन्छ । त्यो रगतको नली फुटेपछि ब्रेन हेमरेजहुने हो,’ न्युरो सर्जन डा. नेपालले भने, ‘पाँच घण्टा लगाएर बिरामीको शल्यक्रिया गरेपछि हामीले करिब एक सेन्टिमिटर लामो गुजुल्टीएको नशा शल्य क्रियागरि निकालेका थियौं ।’


अहिले बिरामीको स्वास्थ्य अवस्था पूर्ण रूपमा ठिक भएपछि बुधबार डिस्चार्ज गरेको डा. नेपालले बताए । यसको प्रमुख कारण ब्रेनको आर्टरी नसा फुटेर मस्तिष्कमा रक्तश्राव हुनु हो । यस्तो रक्तश्रावले ब्रेनको कोषहरूलाई नष्ट गर्ने गर्दछ । ग्रिक भाषामा रगतलाई हेमो भनिन्छ । ब्रेन हेमरेजलाई सेरेव्रल हेमरेज, इन्ट्राक्रानिएल हेमरेज वा इन्ट्रासेरेव्रल हेमरेज पनि भनिन्छ ।

‘यस्ता बिरामी विरलै हस्पिटल आउने गरेका छन्,’ डा। नेपालले भने, ‘ब्रेन हेमरेज जन्मजात पनि र इन्फेक्सनका कारणहरूले पनि हुने गर्दछन् । यस्तो बिरामी जतिसक्दो चाँडै हस्पिटल आएको खण्डमा बिरामीलाई बचाउन सकिन्छ ।’

१६ दिन हस्पिटल राखेपछि साहलाई आज डिस्चार्ज दिएको छ । अहिले उनी आफै हिँडडुल गर्न सक्ने भएका छन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनः जन्मदिएको साहले बताए । उपचार संलग्न चिकत्सकप्रति कृतज्ञ भएको उनले बताए ।
‘बुबालाई बचाउन आर्या न्युरो हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दिनम् । उपचारमा सहयोग पु¥याउने चिकित्सकहरु प्रतिआभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाए । अहिले हिँडडुल गर्न सक्ने हुनुभएको छ ।

बुवाले नयाँ जीवन पाउनुभएको छ,’ छोरा राहुल साहले भने ।
यस अघि पनि आर्या न्युरो हस्पिटले जटिल प्रकृतिका बिरामीहरुको पनि सफल गरेको छ ।

उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गर्न थालेको हो ।

यसरी एक पछि अर्को जटिल प्रकृतिका बिरामीको सफल उपचार गरि पूर्वाञ्चलमै कम खर्चमा गुणस्तरीय उपचार हुने भरपर्दो अस्पतालको रुपमा स्थापित हुदै आएको देखिन्छ ।