झापा / चिकित्सा शिक्षा स्नातक तहका लागि सःशुल्क तर्फका सिटमा म्याचिङ हुने उम्मेदवारको पूर्वमनोनयनको सूची प्रकाशित भएको छ । चिकित्सा शिक्षा आयोगले बिहीबार साँझ सशुल्क तर्फको पूर्व मनोनयन सूची प्रकाशन गरेको हो। 

पूर्वमनोनयनमा परेका उम्मेदवारले साउन १५ गते अपरान्ह ५ बजेसम्म स्वीकार, अस्वीकार वा परित्याग गर्नुपर्ने आयोगले जनाएको छ । 

OM Sai Pathibhara Hospital

आयोगका अनुसार चिकित्सा शिक्षा आयोगको वेबसाइटमा रहेको आफ्नो अनलाइन प्रोफाइलमा लगइन गरी स्वीकार, अस्वीकार वा परित्याग गर्नुपर्ने छ ।

यो प्रक्रियापछि स्वीकार गर्ने उम्मेदवारको नाम भनाए सूचीमा प्रकाशन हुनेछ । भर्नासूचीमा नाम प्रकाशन भएका उम्मेदवारहरुले तोकिएका विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना हुनुपर्नेछ ।