बिर्तामोड / पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा २१८ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार ८७८ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् ।