बिर्तामोड / उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री रघुविर महासेठ यति वेला नेपालमा मात्र नभएर भारतमा समेत चर्चामा छन् । आफ्नै पारिवारीक लगानीको उद्योगको उत्पादन कोरोनिलको विषयलाई लिएर उनी चर्चामा आएका हुन् ।

योग गुरु रामदेव र आचार्य बालकृष्णका व्यवसायीक साझेदार समेत रहेका महासेठ उपप्रधानमन्त्री बने लगत्तै भारतमा समेत विवादित बनेको कोरोनिलका विषयमा सरकारले गर्ने निर्णयलाई लिएर उनी चर्चामा छाएका हुन् । रामदेव र बालकृष्णले संचालन गरिरहेको पतन्जलीको नेपाल स्थित उद्योगका मुख्य लगानीकर्ता समेत रहेका महासेठ मन्त्री बनेसँगै कोरोनिलको विषयले महत्व पाएको हो ।

OM Sai Pathibhara Hospital

महासेठ मन्त्री बन्नु अगावै भारतमा विवादित बनेको सो औषधि नेपाल सरकारले स्विकारेको थियो । विमानस्थलमा नै पुगेको पुर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पतन्जलीले पठाएको विवादित सो औषधी सहितका सामाग्री स्विकार गरेका थिए । त्रिपाठीले कोरोनाका लागि भनेर पतन्जलीले बनाएको विवादित सो औषधी स्विकार गरे लगत्तै यो विषयमा नेपाल भित्र बहस सुरु भएको थियो ।

नेपाल भित्र कुनै पनि औषधीको प्रयोग र वितरणका लागि औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने कानुनि प्रावधान वाहिर गएर स्वास्थ्य मन्त्रीले नै औषधी स्विकारेको तस्विर सार्वजनिक भएलगत्तै यो विषयलाई लिएर सरकार अनि सरकारी अधिकारीको आलोचना भईरहेको छ ।

भारतमा आइएमए ( इण्डियन मेडिसिन एसोसिएसन ) ले कोरोनाका लागि उपयोगि रहेको भनेर पतन्जलीले झुटो दावी गरिरहेको भनेर सो औषधिका विषयमा भइरहेका प्रचार रोक्न र झुटो दावी गर्ने रामदेव माथि कारवाही गर्न माग गरिरहेको बेला नेपाल सरकारले भने सो औषधि स्विकारेको थियो । विवादित सो औषधि स्विकारेको केहि दिनमा नै मन्त्री त्रिपाठी सरकारबाट बाहिरीए सँगै सरकारमा सो औषधी उत्पादन गर्ने उद्योगका नै व्यवसायीक साझेदार सरकार उप–प्रमुख सहित परराष्ट्र मन्त्री बनेपछि यो विवादित औषधीको विषयले भारतीय संचारमध्यममा समेत स्थान पाउन थालेको छ ।

111

भारतीय संचारमाध्यमले विवादित औषधी उत्पादन गर्ने उद्योगका मालिक नै नेपालमा बनेको नयाँ सरकारको उप–प्रमुख बनेकाले भारतमा प्रयोगको अनुमति नपाएको सो औषधीले नेपालमा प्रयोग अनुमति पाउन सक्ने अड्कल काटिरहेका छन् ।

पतंजलीको विरगञ्ज स्थित उद्योगका संचालक नेता महासेठ , उनकी श्रीमति तथा पुर्व मन्त्री जुली महतो र जुलीका दाजु उपेन्द्र महतो अनि भाउजु शान्ता महतो रहेका छन् । नेता महासेठ र व्यवसायी उपेन्द्र महतोको परिवार व्यवसायिक साझेदार रहेको पतंजलीले कोरोनाका लागि बनाएकोे विवादित औषधी कोरोनिल र कोरोना किटले नेपालमा अनुमति पाउन सक्ने भारतीय संचारमाध्यमले दावी गरिरहेका छन् ।

आफैं सरकार उपप्रमुख भएकाले बेला आफ्नै उद्योगको उत्पादनलाई अनुमति दिने अनुमान गरिन थालेको छ । विवादित सो औषधिका विषयमा सरकारको भने अहिले सम्म औपाचारिक धारणा सार्वजनिक भएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भारतीय संचारमाध्यमसँगको कुराकानीमा सरकारले नेपालमा औपचारिक रुपमा प्रतिवन्ध भने नलगाएको बताएका छन् । उनले नेपालमा औषधिको प्रयोगका लागि अनुमति दिने सरकारी निकाय रहेकाले सोहि निकायले सो विषयमा निर्णय गर्ने बताएका छन् । कोरोना विरुद्ध लडिरहेको नेपाललाई सहयोगका रुपमा पतंजलीले दिएका सामाग्रीमा सो औषधि पनि आएकाले स्विकारेको बताएका छन् । अनुमति विनाको अनि प्रमाणित नै नभएको र भारतमा समेत विवादमा रहेको औषधि स्विकार भएको विषयमा भने उनले मौनता साँधेका छन् । उनले भनेका छन् – यो विषयमा मलाई पुर्ण जानकारी भने छैन ।

नेपालको राजनिती र अन्तराष्ट्रिय कुटनितीका विषयमा जानकारहरुले भने राजेन्द्र महतो र  महासेठलाई सरकार उप–प्रमुख बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई खुसी पार्न खोजीरहेको दावी गर्छन् । रामदेव र आर्चाय बालकृष्णको भारतीय जनता पार्टी अनि सरकारसँग आत्मिय अनि बलियो सम्बन्ध बुझेकाले नै ओलीले आलोचना सहेर नै भएपनि उनीहरुलाई सरकारमा लगेको भनाई व्यक्त गर्दछन् ।

विगत एक वर्ष यता हिन्दु धर्मसँग जोडिएका विषयमा खरो रुपमा आफुलाई देखाउँदै आएका ओलीले हिन्दु राष्ट्रका पक्षपाति एवं रामदेव–बालकृष्णका व्यवसायीक साझेदारलाई शक्तिशाली मन्त्रालय अनि भुमिका दिएर सरकारमा लगेकाले ओलीले भारतीय समर्थनमा संकटमा परेको आफ्नो विवादास्पद सत्ता जोगाउन खोजिरहेको रुपमा बुझ्न थालिएको छ ।