बिर्तामोड / आज देशभर ८ हजार ३ सय ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ६ हजार ५४३ जना संक्रमित निको भएका छन्। देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।