दमौली / सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् ।

भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर  र व्यासस्थित दमौली अस्पताललाई आज पाँच/पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो । 

OM Sai Pathibhara Hospital

दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताए । 

पुरनडिही अस्पतालका डा सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता थियो ।