नेपालगन्ज / नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी जहिर अहमदको कोरोना संक्रमणको कारण निधन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–३, सदरलाइन (सुनार मण्डी) का जहिर र उनका दुई दाजुमा मुस्लिम पर्व रोजाताका कोरोना संक्रमण भएको थियो ।

OM Sai Pathibhara Hospital

संक्रमणपश्चात् भेरी अस्पताल, नेपालगन्जमा उपचार गराइरहेका उनका काईंला दाइ ४८ वर्षका इम्तियाज अमहद,राइँला दाइ ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छा जहिर अहमदले ३६ घण्टाको अन्तरमा ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय,बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।