बिर्तामोड  / आज देशभर थप ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ४६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा ५ हजार ६५७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।