बिर्तामोड / अमेरीकाले बनाएको कोरोना विरुद्धको भ्याक्सिन फाईजर अब बालबालिकामा पनि प्रयोग गर्न सकिने भएको छ । फाईजरले युरोपेली मुलुक क्यानाडामा बालबालिका माथि पनि प्रयोगको अनुमति पाएसँगै यो भ्याक्सिन बालबालिकामा प्रायोगको अनुमति पाउने पहिलो भ्याक्सिन भएको छ । 

लामो समयको अनुशन्धान पछि यो खोपलाई बालबालिकामा प्रयोगको अनुमति दिईएको युरोपेली मुलुक क्यानाडाको सरकारी निकायलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

OM Sai Pathibhara Hospital

फाईजरलाई यूरोपेली औषधि नियामक निकायले फ्रिजमा लामो समयसम्म भण्डारण गर्न सकिने पनि अनुमति दिएको छ । यसअघि फाइजरको खोप तत्कालै लगाउनुपर्ने र सामान्य फ्रिजको तापक्रममा भण्डारण गर्न नसकिने गरी बिकास गरिएको थियो ।

यूरोपेली निकायले खोप तयार भइसकेपछि खुला नरहेको अवस्थामा एक महिनासम्म भण्डारण गर्न सकिने अनमति दिएको हो । खोप उत्पादन हुँदा पाँच दिनसम्म मात्रै भण्डारण गर्न सकिने अनुमति पाएको थियो । 

खोप लामो समय भण्डारण गर्न नसकिने हुँदा यूरोपेली राष्ट्र बाहिर खोप अभियान कार्यक्रम नराम्ररी प्रभाबित बनेको थियो । फाइजरको खोप यूरोप बाहिर लगाउन नै नसक्ने अवस्था बनेपछि खोपमा थप बिकास गरिएको बताईएको छ । 

न्यून तापक्रममा भण्डारण गर्नुपर्ने र आपूर्ति गर्ने क्रममा समेत फ्रिजको उचित ब्यवस्था हुनुपर्ने कारणले फाइजरको खोप विश्वब्यापी पहुँचभन्दा बाहिर पुगेको थियो । 

गत् फेब्रुअरी महिनामा अमेरिकाले फाइजर खोप माइनस १५ देखि माइनस २५ डिग्री सेन्टिग्रेडको तापक्रममा दुई साताका लागि भण्डारण गर्न सकिने अनुमति दिएको थियो । यूरोपेली निकायले भने त्यत्तिबेला समेत भण्डारण गर्न कम्तिमा माइनस ८० देखि माइनस ६० डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्ने मापदण्ड तयार गरेको थियो ।