बिर्तामोड / आज देशभर थप ८ हजार २ सय ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २ सय ८६ जनाको पिसिआर र ६ सय ९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २ सय ३ जनालाई संक्रमण पुष्टि भएको र पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

OM Sai Pathibhara Hospital

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५ सय २९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ४ सय ११ जनाको संक्रमणबाट मृत्यु भएको छ।

आज देशभर ६ हजार ८९१ जना संक्रमित निको भएका छन्। देशभर ७ सय ५२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।