बिर्तामोड( राजधानी दैनिकबाट) देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ ।

अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए । ‘के गर्ने होला रु अस्पतालमै पनि रहेनछ,’ उनी भन्छन्, ‘अब कहाँ खोज्न जाने होला रु

OM Sai Pathibhara Hospital

ओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने स्पष्ट पारेको छ । उसले आइतबार सूचना जारी गर्दै अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो ।

सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएपछि बिरामी उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै उपचार गर्न असमर्थ रहेको अस्पतालले जनाएका छन् । ‘अस्पतालले अक्सिजन छैन भन्यो अनि खाली सिलिन्डरसहित अक्सिजन खोज्दै बालाजु औद्योगिक क्षेत्र आएको हुँ,’ संक्रमितका एक आफन्तले राजधानीसँग भने ।

यसअघि, अल्का अस्पताल, मेडिकेयर अस्पताल, लिमिटेड, नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर, हेल्पिङ ह्यान्डले अक्सिजन अभाव भएको बताइसकेका छन् ।

अक्सिजन कार्यदल गठन

सरकारले कोरोना संक्रमित उपचारमा आवश्यक अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक छन् ।

३ लाख २ हजार ७ सय ८७ संक्रमणमुक्त

देशभर आइतबार एकै दिन ४ हजार २२ संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनामुक्त संख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८ सय ५० संक्रमित थपिएका छन् । आइतबार ५२ संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु संख्या ३ हजार ६ सय ८४ पुगेको छ । देशभर ८ सय ३२ संक्रमित अस्पतालको आईसीयू र २ सय ६७ भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा आईसीयू र भेन्टिलेटरमा छन् ।

जसअन्तर्गत प्रदेश १ मा १ सय १३ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा ६० आईसीयू र ३७ भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ४ सय ४३ आईसीयू र १ सय ५७ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ६१ आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८६ आईसीयू र २१ जना भेन्टिलेटर, कर्णालीमा ३३ आईसीयू र ११ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३६ आईसीयू र ११ जना भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकाका अस्पतालमा १ सय ६९ संक्रमित आईसीयू र भेन्टिलेटर र १ हजार ४ सय ६ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न मास्क समूचित प्रयोग, भौतिक दूरी र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै आएको छ ।