बिर्तामोड (कान्तिपुर दैनिकबाट ) भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।

संक्रमण जोखिमका कारण मोरङस्थित रानी(जोगवनी नाकामा कडाइ गरिएपछि बिहीबार विराटनगर(१६ दरैयास्थित खुला सीमाबाट आउजाउ गर्दै सर्वसाधारण ।

OM Sai Pathibhara Hospital

भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ सय ४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ५२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो प्रदेशमा कञ्चनपुरस्थित गड्डाचौकी, कैलालीस्थित गौरीफन्टा, बैतडीस्थित झुलाघाट र पुलघाट नाका दार्चुलामा एन्टिजेन परीक्षण डेस्क राखिएको छ ।

मुख्य नाका गौरीफन्टामा पछिल्लो एक सातामा ६ हजार २ सयभन्दा बढीको एन्टिजेन परीक्षण गरिएकामा २ सय ६५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार धनगढीको कनरीस्थित आइसोलेसनमा बिहीबार ४५ जना संक्रमित छन् । प्रदेशका ९ जिल्लाका १८ स्वास्थ्य संस्थामा गरी २ सय ५४ वटा आइसोलेसन बेड रहेको निर्देशनालयले जनाएको छ । भारतका दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत सहरमा कोरोना संक्रमण पुनः बढेपछि त्यहाँ रहेका सुदूरपश्चिमेलीहरू घर फर्कन थालेका हुन् । यतिबेला सुदूरपश्चिमेलीको मुख्य चाड बिसु सुरु भएकाले अन्य व्यक्ति पनि घर फर्किने गरेका छन् ।

जोखिम बढेसँगै संक्रमित राख्न आइसोलेसन व्यवस्था गर्न लागिएको स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले बताए । संक्रमितको उपचारका लागि ५० शय्याको अर्को अस्पताल धनगढीमा निर्माण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । यसैबीच, कैलाली जिल्ला प्रशासनले जोखिमलाई मध्यनजर गरी भीडभाड नगर्न ९ बुँदे आदेश यसअघि नै जारी गरिेसकेको छ । आदेशको अवज्ञा गरे कारबाही हुने पनि भनिएको छ तर भीडभाड रोकिएको छैन । यो साता सुदूरपश्चिममा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी र महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा एकरएक पुरुषको मृत्यु भएको हो । बुधबार महाकाली अस्पतालमा मृत्यु हुने कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका ४८ वर्षीय पुरुष हुन् । उनी हालै भारतको गुजरातबाट घर फर्केका हुन् । आइतबार कोरोना लक्षण देखा परेपछि उनी अस्पतालमा भर्ना भएका थिए ।