बिर्तामोड / नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन् । सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प
काठमाडौँ ।(एजेन्सी) पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो । स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्नेे बताइएको छ । पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क
काडमाडौँ / कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ ।दोस्रो चरणको खोप यही फागुन २३ गतदेखि सञ्चालन भइरहेको छ । पैंसठ्ठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइने खोपमा अहिले दैनिक दुई लाखभन्दा बढीले खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार खोपप्रति नकारात्मक धारणा परिवर्तन भएपछि खोप लगाउने सङ्ख्यामा वृद्धि भइरहेको छ । पहिले खोपबारे नकारात्मक सोचका कारणले खोप लगाउन त्यति उत्साह थिएन” उनले भने, “तर अहि
सिन्ह्वा / ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि यता मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको (कोभिड–१९) को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । २४ घण्टामा ब्राजिलमा थप ७० हजार ७ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १
बिर्तामोड / जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ । यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टे«न इमेजिङ इको, डोबुस्टे«स इको, टिएमटीलगायतका सेवा अस्पतालले दिँदै आएको छ । अस्पतालमा मुटुसँग सम्बन्धित रहेर रेडियोलोजी तथा इमेजिङ
बिर्तामोड / खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर हालसम्म कसैलाई पनि गम्भीर खालको असर नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म २ हजार १ सय ६७ जनालाई सामान्य प्रकारको असरहरु देखिएका छन्। ९ जनालाई उच्च ज्वरो देखिएको थियो। हाल उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ। खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु : सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनेथकाई र आलस्य महसुस हुने ज्वरो आउने तथा टाउको दुख्ने वाकवाकी हुने, वान्ता आउनेमाशंपेशी वा जोर्नी दुख्नेफ्लुको
तनहुँ/ जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रा.लि.ले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ। कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो। करिब ४५ रोपनी क्षेत्रफलमध्ये बाह्र रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए। भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। उनले भने, ुभवन निर्माणपश्चात् करिब नौ महिनापछि औषधि बजारमा पुर्याउने योजना रहेको छ । करिब ५० करोड रुपैयाँ बराबरको लगानीमा भौतिक संरचना
बिर्तामोड / झापाको बिर्तामोड स्थित बिएन्डसी प्रस्तावित मेडिकल कलेजलाई सरकारले कानुन मिचेर सम्बन्धन दिने तयारी गरेको भन्दै पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन्। केहि दिन यता सो विषयलाई लिएर सरकार बिएन्डसी कलेजको पक्षमा देखिएको छ भने स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी लगायत भने विपक्षमा देखिएका छन् । सो प्रस्तावित मेडिकल कलेजले संचालनमा ल्याएको क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा नै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वन्धन दिने आसयले आफ्ना धारणा राखेका थिए । पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजङ्ग शाह, तोरणबहादुर कार्की, क
काठमाडौं । संसारले यो बर्ष कोरोना भाईरस महामारीबाट छुटकारा नपाउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै यो बर्ष विश्वलाई कोरोना विरुद्धको लडाईँमा सफल्ता मिल्नेछ भनेर सोच्नु गलत रहेको बताएको हो ।डब्लूएचओले भनेका छन्, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी गरेर यस त्रासदीबाट बाहिर भने निस्कन सकिनेछ ।’विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ११।४९ करोड बढी पुगेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी निको भएका छन् । हालसम्म २५ लाख ४९ हजारभन
बिर्तामोड। नेपालीले क्यान्सर उपचारका लागि अब विदेश जान नपर्ने भएको छ । झापाको बिर्तामोडमा स्थापित पूर्वाअञ्चल क्यान्सर अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले सो अस्पताल सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।छ सय करोडको लगानीमा उपकरण तथा जनशक्ति क्यान्सर उपचार सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको हो । सो अस्पताल निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.