बिर्तामोड / देशभर थप दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पिअिसार परीक्षण गर्दा एक हजार ९१८ र तीन हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।