विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २,  पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरि १ हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार ६५७ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ९० संक्रमणमुक्त भएका छन् । आज ३५७ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ७४ रहेको छ । प्रदेश १ मा आज १ हजार ६०८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये २२१ महिला र २४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।