काठमाडौँ / विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ।विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो।विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन्। उनले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन्।उनले बाच्न पा
काठमाडौँ / महानगरले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो।महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन्।कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि
बैतडी / बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्।कार्यालयमै रहेका बेला बेलुका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए।कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ। स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महस
एजेन्सी //डेनमार्क र स्विडेनमा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन रोक लगाइएको छ। दोस्रो डोज लगाएपछि मुटु सुन्निने समस्या देखिएकाले कम उमेरका युवायुवतीलाई खोप लगाउन रोक लगाइएको हो। खोप लगाएका युवायुवतीहरू मध्ये केहीमा मुटु सुन्निने जस्तो साइट इफेक्ट देखिएको भन्दै ती देशहरूले कम उमेर समूहलाई खोप लगाउन रोक लगाइएको बताइएको छ। खोपको दोस्रो मात्रा लगाएपछि त्यस्तो समस्या देखिएको तर समस्या ठूलो भने नभएको भए तापनि स्वेडेनको स्वास्थ्य एजेन्सीले तत्कालका लागि २० वर्ष मुनिको समूहमा खोप अभियान रोक्ने बताएको छ। उता, डेनमार्कले पनि १८ वर्ष भन्दा मुनिको समूहलाई पूर्व सतर्कता नअपनाई खोप नदिने
बिर्तामोड / आज देशभर थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८२ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार ९४२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ। उक्त अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ। हाल १४७२८ जना होम आइसोल
बिर्तामोड / प्रदेश एकमा आज थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।झापाको विर्तामोडमा १४, दमकमा ६, कनकाईमा ५, अर्जुनधारामा ४, मेचीनगर र शिवसताक्षीमा ३–३, भद्रपुर र कमल गाउँपालिकामा २–२ र झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा १८, उर्लाबारीमा ४, कानेपोखरी, सुन्दरहरैचा, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा
सुदूरपश्चिम / कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताए। उनले भने, 'चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम थप बढेकाले थप सचेत हुनुपर्ने देखिएको छ।'त्रिनगर सीमानाका ९कैलाली०मा सञ्चालित हेल्थ डेस्कका अहेब गणेश साउदले पछिल्ला दिनमा भारतबाट घर फर्किने नेपालीको भीड ह्वात्तै बढ्दा भित्रिनेलाई ला
पाँचथर / जिल्ला अस्पताल पाँचथरमा उपचाररत बालको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । ज्वरो आएपछि अस्पतालमा भर्न भएकी बालिकालाई सुई लगाउने बितिक्कै ज्यान गएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । फालेलुङ गाउँपालिका –८ घर भई हाल फिदिम २ मा बसोबास गर्दै आएकी साढे तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङलाई ज्वरो आएपछि केही दिन अघि अस्पतालमा भर्ना गराइएको थियो । उपचारको क्रममा सुई लगाउने बितिक्कै बालिकाको ज्यान गएपछि अस्पतालको लापरवाहीले गर्दा बालिकाको ज्यान गएको भन्दै बुधबार बिहानै देखि प्रदर्शन गरेका आफन्तले बेलुका ८ बजे अस्पताल तोडफोड गरेका हुन् । बालिकाको शव समेत
बिर्तामोड / आज देशभर थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र चार हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ।देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ९७५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २१९ संक्रमित छन् भने ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। देशभर ४७६ जना क्वारेन्टाइनमा रहेको स्व
गलेश्वर / नेपालमा पहिलो पटक तातो पानीबाट उपचार गर्ने अस्पताल निर्माण हुने भएको छ । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा अस्पताल निर्माण हुने भएको हो । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका –४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । शाक्यका अनुसार तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.