स्वास्थ्य

    Showing 1,231-1,240 of 1,833 items.
  • बालबालिका कारोना संक्रमणको उच्च जोखिममा

    काठमाडौँ  / पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । संक्रमितको संख्या घट्दै गएपनि अन्य उमेर समूहभन्दा संक्रमित बालबालिका भने बढी रहेका छन् ।  जेठ १९–२५ र असार १४–२० को एक साताको तथ्यांक हेर्ने हो भने, कुल संक्रमित १८ वर्षमुनिका बालबालिका रकिशोरकिशोरीमध्ये पनि ५ वर्षमुनिकाको संख्या बढिरहेको देखिएको छ ।असार १४ मा १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १७.२४ प्रतिशत संक्रमित थिए । एक सातापछि भने १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १८.४२ प्रतिशतमा संक्रमण देखिएको थियो । जेठ २५ गते कुल संक्रमतिमध्ये ५ वर्षमुनिकाको संख्या ०.७९ प्रतिशत रहेको थियो । जबकि

    • प्रकाशित मितिः असार २२, २०७८
    • 56 पटक पढिएको
  • भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

    बिर्तामोड / सरकारले कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाउन शुरु गर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 96 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ६२३ जना संक्रमणमुक्त, ३५९ मा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा आज छ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ ।प्रदेश १ मा आज ३५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र सङ्खुवासभामा २–२, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७३ हजार ३९७ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ५ हजार ९५२ पुगेको छ । प्रदेश १ मा आज ९६३ जनाको पीसीआर परीक्षण

    • प्रकाशित मितिः असार २१, २०७८
    • 207 पटक पढिएको
  • देशभर थप २ हजार ६२२ जनालाई कोरोना पुष्टि, २३ को मृत्यु

    बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो। ७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो।  सोही अवधिमा कोरोना संक्रमणका कारण थप २३ जनाको को मृत्यु  भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ।

    • प्रकाशित मितिः असार २१, २०७८
    • 63 पटक पढिएको
  • भोलिदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने

    काठमाण्डौँ / कोरोना भाइरस बिरुद्दको खोप भेरोसेलको पहिलो मात्रा लगाएका सबैले भोलिदेखि दोस्रो मात्रा लिन पाउने भएका छन् । भोलि देखि सुरु हुने खोप अभियानमा एक महिनाअघि पहिलो मात्रा लगाएका र त्यसअघिका दोस्रो मात्रा लगाउन छुटेकाले खोप लगाउन पाउने भएको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिएका हुन् ।भेरोसेल खोप पहिलो मात्रा लगाएकाको सङ्ख्या ५ लाख रहेको र यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो मात्राको व्यवस्था भएको छ ।स्वास्थ्य मन्त्रालयले असार २४ गतेदेखि चिनबाट खोप आपूर्ति सुरु गरि साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप वितरण गरिने जानकारी गराएको थियो । खोपको निरन्तर

    • प्रकाशित मितिः असार २१, २०७८
    • 150 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ३ सय १२ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा आज ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ ।प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, सङ्खुवासभामा २, ते¥हथुम, इलाम, धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको सुन्दरहरैचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे , रतुवामाई र उर्लाबारीमा ३–३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा १–१, झापाक

    • प्रकाशित मितिः असार २०, २०७८
    • 298 पटक पढिएको
  • थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

    बिर्तामोड /  आज देशभर थप १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।त्यसैगरी, कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको  भएका छन् । हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन् ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 85 पटक पढिएको
  • देशभर थप २ हजार ३२८ जनालाई कोरोना पुष्टि, १९ को मृत्यु

    बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १० हजार १३३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ३२८ जनामा कोराना पुष्टि भएको हो।मन्त्रालयका अनुसार ५ हजार ८३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५२७ र ४ हजार २९६ जनाको एन्टीजेन परीक्षण गर्दा ८०१ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १९८ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ३ हजार ६६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९४ दशम

    • प्रकाशित मितिः असार १९, २०७८
    • 57 पटक पढिएको
  • मेची अस्पतालमा अक्सिजन उत्पादन कार्य अन्तिम चरणमा

     झापा / मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन कार्य अन्तिम चरणमा पुगेको छ । अस्पतालमा दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको हो । अबको दुई दिनभित्र प्लान्ट जडान कार्य सम्पन्न हुने र त्यसलगत्तै अक्सिजन उत्पादन शुरु गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।  प्रदेश नं १ सरकारको रु एक करोडको सहयोगमा उक्त प्लान्ट निर्माण भएको हो । प्लान्ट खरिदमा रु ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरिदलगायतमा खर्च गरिने छ । झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा

    • प्रकाशित मितिः असार १९, २०७८
    • 150 पटक पढिएको
  • सरकारले चिनबाट खोप ल्याउदै

    काठमाडौँ / सरकारले कोभिड बिरुद्धको खोप चिनबाट ल्याउने भएको छ । सरकारले चिनको सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता गरेपछि खोप आउने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने र असार २२ देखि दोस्रो मात्रा प्रदान गरिने जानकारी दिएको छ ।जानकारी गराएका छन्। सरकारले यसअघिको सहमति भए अनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप ल्याउने भएको हो ।हाल सम्म कुल जनसंख्याको २५,७४,७१५ (९%) पहिलो मात्रा र ७,५७,३८० (३%) लाई दोस्रो मात्रा खोप प्रदान गरि सकिएको छ । चीन सरकारले अनुदानमा दुईपटक गरी १८ लाख मात

    • प्रकाशित मितिः असार १९, २०७८
    • 106 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा