स्वास्थ्य

    Showing 1,231-1,240 of 2,445 items.
  • कोरोना परीक्षण शुल्क घट्यो

    काठमाडौं / सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरूको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइने भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको हो ।बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी अस्पतालहरूमा कोभिडको पीसीआर परीक्षणका लागि ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम गरिएको जानकारी दिएका छन् ।यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 132 पटक पढिएको
  • अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई कारबाही गरिन्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं / सरकारले अवैध रुपमा कोरोनाविरुद्धको खोप बेच्ने र किनेर लगाउने दुवै जनालाई कारबाही गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गरेर अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई कानून बमोजिक कडा कारबाही गर्ने जनाएको हो ।विभिन्न क्लिनिकहरुमा अवैध रुपमा कोरोना भाइरसविरुद्धको खोप बेच्ने तथा लगाउने गरिएको समाचारहरु बाहिरिन थालेपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको हो । सरकारले कोभिड–१९ विरुद्धको खोप तथा बूस्टर डोज विभिन्न स्थानमा निःशूल्क लगाइरहेको छ ।मन्त्रालयमार्फत् जारी सूचनामा भनिएको छ, ‘अबैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानून बमोजिम कारबाह

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 151 पटक पढिएको
  • माघ ७ देखि खोप कार्ड अनिवार्य

    बिर्तामोड / सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको छ । सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो ।गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गरेको छ ।साथै माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी छ ।साथै जहाजमा यात्रा गर्नेहरूले पनि खोप कार्ड देखाउनुपर्ने भएको छ । अनलाइनमार्फत जहाजको टिकट काट्दा पनि खोप कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 170 पटक पढिएको
  • खोप लगाएको कार्ड हराए के गर्ने यसो गर्नुस्

    बिर्तामोड /  सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ ।पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ ।त्यसैले अब खोप कार्ड हराए के गर्ने त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड हराएमा त्यसको प्रतिलिपि उपलब्ध गराउने भएको छ ।मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड लिनका लागि अनुरोध गरेको छ ।पहिलो दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप क

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 153 पटक पढिएको
  • मास्कमा कालोबजारी गर्ने दुईजना पक्राउ

    बिर्तामोड / मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका –१ स्थित अन्सारी फार्मेसीका सञ्चालक साजित अन्सारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 158 पटक पढिएको
  • अष्ट्रेलियाका तीन राज्यमा आपतकाल घोषणा

    एजेन्सी / अस्ट्रेलियामा कोरोनाका कारण एकैदिन ७६ जनाको मृत्यु भएपछि ३ वटा राज्यमा आपत्काल घोषणा गरिएको छ । न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डमा आपत्काल घोषणा गरिएको हो । साथै अष्ट्रेलियाका ओमिक्रोन संक्रमित राज्यहरुका लागि थप ५७ हजार स्वास्थ्यकर्मी परिचालन र्गिरएको छ ।अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले अष्ट्रेलियामा दैनिक ७३ हजार कोरोना संक्रमित हुन थालेकाले ५७ हजार स्वास्थ्यकर्मी थप गरिएको जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरुले हप्ता बिदा समते लिन नपाउने नियम लागु गरिएको छ ।हिजो (मंगलबार) अष्ट्रेलियामा कोरोनाका कारण एकै दिन ७६ जनाको मृत्यु भएको थियो । जुन कोरोनाबाट एकै दिन

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 162 पटक पढिएको
  • कोशी अस्पतालका ४६ कर्मचारीलाई संक्रमण

    विराटनगर  / मोरङको विराटनगरस्थित कोशी अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका २५ स्वास्थ्यकर्मीसहित आठ डाक्टर र १७ जना नर्स गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । डाक्टर दासका अनुसार संक्रमित मध्ये ४२ जना होम आइसोलेसनमा छन् । चार जना भने काममा फर्किएको उनले बताए ।‘स्वास्थ्यकर्मी संक्रमित भएपछि सिफ्ट म्यानेजमेन्ट गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने, ‘सबै विभाग खुला छन्, तर काम गर्न जनशक्तिलाई संक्रमण देखिँदा गाह्रो भइरहेको छ ।’

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 166 पटक पढिएको
  • प्रदेश एकमा थपिए एकहजार ७१ कोरोना संक्रमित, झापामा मात्रै १सय २६ जना

    बिर्तामोड / आज प्रदेश एकमा थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र उदयपुरमा ४–४, संखुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेहृथुम र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३८६, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैचामा ८, रंगेली र केराबारीमा ५–५, उर्लाबारी, कटहरी र ग्रामथानमा २–२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 171 पटक पढिएको
  • कोरोना भित्रिएयताकै उच्च संक्रमण, देशभर थपिए१० हजार बढी संक्रमित

    बिर्तामोड / आज देशभर १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो। यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो। यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो।मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ। 

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 191 पटक पढिएको
  • मन्त्रिपरिषद्को निर्णयसँग बाझियो काठमाडौं प्रशासनको आदेश

    काठमाडौं / काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निर्णय मन्त्रिपरिषद्को निर्णयसँग बाझिएको छ ।पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले विवाह, व्रतबन्ध, पास्नी, मृत्यु संस्कार लगायतका धार्मिक तथा सांस्कृतिक क्रियाकलाप  सञ्चालन गर्दा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने भनिएको थियो ।तर, मंगलबार काठमाडौं उपत्यकाका प्रशासनहरूले जारी गरेको आदेशमा यस्ता क्रियाकलापमा ५० जनासम्मको उपस्थिति रहन दिने निर्णय गरेको उल्लेख छ ।मन्त्रिपरिषद्ले पार्टी प्यालेसमा २५ जनाभन्दा बढीको भेलामा रोक लगाए पनि प्रशासनले ५० जनासम्म उपस्थित हुन दिने भएको छ । जसका लागि प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृत

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.