काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

सो अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ८ हजार ४२५ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।