काठमाडौं / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उदयपुरको गाइघाट–१२ का २८ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलले जनाएका छन् । 

माघ १४ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको उनले बताए । संक्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।