बिर्तामोड  /  नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहको छ। गत हप्ताको तुलनामा औषत संक्रमणदर ११.८ प्रतिशतले कमी आएको मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिएकी छिन्।

गत हप्ता एक लाख २० हजार २९९ आरटी पीसीआर परीक्षण गर्दा ६९ हजार ६६५ जनामा कोरोना पुष्टि भएको थियो। यो हप्ता घटेर ८४ हजार २३१ जनाको आरटी पीसीआर गर्दा २९ हजार ६९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. मिश्राले जानकारी दिइन्। आरटी पीसीआर गर्दा एक हप्तामा नेपालमा १४.३ प्रतिशतले संक्रमणदर कमी आएको हो।

OM Sai Pathibhara Hospital

त्यस्तै एक हप्ता एन्टिजेनबाट परीक्षण गर्दा संक्रमणदर २.९ प्रतिशतले घटेको छ। ३८ हजार ४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १३ हजार ७७१ जनामा कोरोना पुष्टि भएको थियो। भने यो हप्ता २९ हजार २७४ जनामा एन्टिजेन परीक्षण गर्दा १२ हजार ९२७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक हेर्दा पुस २० गतेबाट उकालो लागेको कोरोना संक्रमितको ग्राफ माघ १० गते पुनः ओरालो लाग्दै गइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो। त्यसयता यो भेरियन्ट विश्वभर तीव्र गतिमा फैलियो। मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पहिलो पटक पुस १९ गते तीन जनामा ओमिक्रोन पुष्टि भएको थियो। सरकारले ओमिक्रोन भेरियन्ट नेपालमा देखिएको जानकारी दिँदा दैनिक करिब २ सयको आसपासमा संक्रमण पुष्टि भइरहेको थियो।

कोरोना संक्रमितको ग्राफ पुस १९ गते परीक्षण गरिएका मध्ये २.६ प्रतिशतमा कोरोना पुष्टि भएको थियो। त्यसयता कोरोना संक्रमणदर उकालो लाग्दै आइरहेको छ। परीक्षण गरिएका मध्ये पुस १९ गते २.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो। यो दर पुस २५ गते बढेर ९.१ प्रतिशतमा पुगेको थियो। यो संख्या पुस ३० गते पुग्दासम्म २४.७ प्रतिशत पुगेको थियो।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।