समाज

    Showing 371-380 of 11,160 items.
  • नेपाली–मैथिली साहित्यका एक युगको अन्त्य, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

    जनकपुर / नेपाली तथा मैथिली साहित्यका अग्रणी स्रष्टा डा. राजेन्द्र विमलको निधनसँगै दुई भाषाको साहित्यिक जगत्ले एक प्रभावशाली सर्जक गुमाएको छ। ७९ वर्षको उमेरमा मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ।सोमबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। उनको अन्त्येष्टि आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा गरिने परिवारले जनाएको छ।डा. विमल विशेषगरी जनकपुरधाम र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई आफ्ना सिर्जनामार्फत नेपाली साहित्यमा स्थापित गर्ने स्रष्टाका रूपमा प

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 134 पटक पढिएको
  • सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति

    काठमाडौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबिच सातबुँदे सहमति भएको छ ।मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबिच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो । सहमतिमा साउन १० गते राति देवानगञ्ज–३, कसानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ । यस्तै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ । सरका

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 142 पटक पढिएको
  • भ्रामक सामग्री नियन्त्रणमा राज्य थप जिम्मेवार हुनुपर्ने सांसदहरूको जोड

    काठमाडौं / मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाको समीक्षा गर्न आयोजित छलफलमा सांसदहरूले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्री नियन्त्रणमा राज्यका निकाय थप जिम्मेवार र प्रभावकारी बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको उपस्थितिमा मधेश प्रदेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग करिब दुई घण्टा छलफल भएको थियो। छलफलमा मधेशमा उत्पन्न पछिल्लो अवस्था, त्यसका कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे विस्तृत विमर्श गरिएको थियो।छलफलका क्रममा अधिकांश सांसदहरूले सामाजिक सञ्जा

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 106 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५८५ जनालाई कारबाही

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५८५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७०, रातोबत्तीमा ५४ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा २८, हर्न निषेधमा ११, लेन क्रसमा १९, अवस्था ठिक नभएको १३, एकतर्फीमा ११ र अन्यमा ३४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 100 पटक पढिएको
  • दाइजो प्रथाविरुद्ध मधेशबाट राष्ट्रिय अभियान सुरु गरिने

    काठमाडौं / दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा सहकार्यका विषयमा विचारविमर्श भएको थियो। मधेशबाट अभियानको सुरुआत गरी क्रमशः देशभर विस्तार गर्ने तथा अभियानलाई समुदायस्तरसम्म पुर्याउने विषयमा समेत छलफल गरिएको थियो। दाइजो प्रथा महिलामाथिको आर्थिक तथा सामाजिक शोषण, लैङ्गिक विभेद र घरेलु हिंसासँग जोडिए

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 187 पटक पढिएको
  • मनसुनजन्य विपद् रोक्न कोशी प्रदेशको तयारी स् कमान्ड पोस्टदेखि नक्साङ्कनसम्मको तयारी

    विराटनगर / कोशी प्रदेश सरकारले मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि १४ वटै जिल्लामा पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाएको जनाएको छ ।प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ कार्यान्वयनमा ल्याउँदै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको हो ।मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सदानन्द भट्टराईका अनुसार प्रदेश कार्यकारी समितिबाट मनसुन प्रतिकार्य योजना पारित भइसकेको छ । जोखिमयुक्त क्षेत्र पहिचान गरी जोखिमका आधारमा स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समित

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 69 पटक पढिएको
  • नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन: मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

    काठमाडौं / सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित तीनदिने सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सोमबार उद्घाटन गरेकी हुन् । समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन् । राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको उनको भनाइ थियो&

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 162 पटक पढिएको
  • बोलबम यात्राका क्रममा सिराहामा ट्याक्टर दुर्घटना, १५ श्रद्धालु घाइते

    सिराहा / बोलबम यात्रामा सहभागी श्रद्धालु बोकेको ट्याक्टर सिराहामा दुर्घटनामा पर्दा १५ जना घाइते भएका छन्। घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सोमबार कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि उक्त दुर्घटना भएको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार थिए।प्रहरीका अनुसार स्कुलको गेटअगाडिको उकालोमा पुगेपछि ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिएको थियो। दुर्घटनामा विभिन्न उमेर समूहका १५ जना श्रद

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 140 पटक पढिएको
  • घरमा लुकाइएको पेस्तोल बरामद, मकवानपुरबाट १९ वर्षीय युवक पक्राउ

    मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले घरभित्र लुकाएर राखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकबहादुर सिङतान पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा सोमबार प्रहरीले सिङतानको घरमा खानतलासी गर्दा बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको हो।प्रहरीका अनुसार ‘ल्य। ०१७११०’ अंकित एक थान पेस्तोल र त्यससँग सम्बन्धित एक थान म्यागजिन बरामद गरिएको छ।बरामद गरिएको पेस्तोलको सम्बन्धमा थप अनुसन्धा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 151 पटक पढिएको
  • साउनको अन्तिम सोमबार :पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनहरुको घुईँचो

    काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज आराध्यदेव पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि भक्तजनहरू हातमा बेलपत्र, फूल, फलफूल र पूजा सामग्री बोकेर विभिन्न शिवालयमा पुगेका छन्।काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू लामबद्ध भएर भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरिरहेका छन्। साउनको अन्तिम सोमबार भएकाले यस दिन विगतका सोमबारभन्दा भक्तजनको चाप थप बढेको छ।साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष मानिन्छ। हिन्दु धर्मावलम्बीले साउनभर व्रत बस्ने, शिवलिङ्गमा जल तथा दूध चढाउन

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.