काठमाडौं / अभिनेत्री निरुता सिंहको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । सार्वजनिक पोस्टरमा अभिनेत्री निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ ।उनको भावभंगी र पोस्टरको प्रस्तुतिले सिनेमाको कथाप्रति दर्शकमाझ कौतूहल बढाउने देखिन्छ । यो पोस्टरमा अभिनेत्री सिंहको काखमा दुधे बालक लिएर गम्भिर मुद्रामा खुट्टाको पैतलाबाट रगत चुहिँदै गरेको अवस्थामा देखिएकी छन् । प्रदर्शन मिति घोषणा भएसँगै निर्माण टिमले सिनेमाको प्रचारप
काठमाडौं / नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा ९१० बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त छन् । उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । कार्की २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए । कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्
काठमाडौं / अविरल वर्षापछि आएको बाढी, पहिरो र सडक क्षतिले देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेका छन्। कोशी प्रदेशमा भोजपुरस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। इलाम नगरपालिका–९ राजदुवालीदेखि झापा हुँदै ताप्लेजुङ जोड्ने सडकखण्डमा पनि यातायात प्रभावित बनेको छ। बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको जोखिम बढेपछि सवारी सञ्चाल
धनगढी / आगामी विद्यालय शिक्षा ऐनलाई थप प्रभावकारी बनाउन शिक्षा तथा खेलकुद मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा सहभागी हुन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार धनगढी जाने कार्यक्रम रहेको छ।मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत धनगढीमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाबीच प्रत्यक्ष छलफल र अन्तरक्रिया गरिनेछ।संवादका क्रममा विद्यालय शिक्षामा देखिएका समस्या, सुधारका सम्भावित उपाय तथा नयाँ शिक्षा ऐनमा समावेश गर्नुपर्ने विषयमा सहभागीबाट स
रौतहट / बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव अन्ततः ५ बुँदे सहमतिपछि साम्य भएको छ । पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन् । भाद्र २ गते घटेको उक्त अमानवीय घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा लामो छलफल भएको थियो ।वार्तामा पीडित परिवार, आफन्त, स्थानीय जनप्रति
जाजरकोट / जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढी तथा पहिरोबाट विस्थापित भएका स्थानीयका लागि नेपाली सेनाले बोकेर राहत सामग्री पुर्याएको छ ।पहिरोले यातायात सञ्चालन हुने सडक नै बगाएपछि सदरमुकामबाट सवारीसाधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको थियो । सडक अवरुद्ध भएपछि नेपाली सेनाको भवानी दल गणले राहत सामग्री बोकेर रिसाङ तथा आसपासका प्रभावित बस्तीमा पुर्याएको हो ।आजै भवानी दल गणमा कार्यरत महिला सैनिकहरूले समेत रिसाङ र आसपासका पहिरो प्रभावित स्थानीयका लागि राहत सामग्री बोकेर ढुवानी गर्न तथा वितरणमा सहयोग गरेका छन् । सडकको पहुँच नहुँदा पैदलमार्फत जोखिमपूर्ण बाटो हुँदै राह
हुम्ला / खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बगेर बेपत्ता भएका छन् ।बिहीबार बेलुका नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावले खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहेका छन् । उनीहरू दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।कर्णाली प्रदेश स्थापना दिवसको सार्वजनिक बिदा परेकाले उनीहरू सुनाखाडा पुगेका थिए । नदी किनारमा खेल्ने क्रममा दुवै जनालाई कर्णा
काठमाडौं— एक सुकुम्बासीले फेरी आत्महत्या गरेका छन्। गैरीगाउँस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भएका ५० वर्षीय चम्बरबहादुर नेपाली टिकाथलीस्थित डेरामा मृत अवस्थामा फेला परेका हुन्।नेपाली परिवारसहित टिकाथलीमा डेरा लिएर बस्दै आएका थिए। सरकारले गैरीगाउँको बस्ती हटाएपछि उनी डेरामा बस्न बाध्य भएका थिए। प्रहरीका अनुसार उनले अस्ति राति डेरामै आत्महत्या गरेका हुन्। उनको हिजो नै अन्त्येष्टि गरिएको छ।यसअघि साउन २८ गते भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ६० वर्षीय हिरालाल पासवान पनि मृत अवस्थामा फेला परेका थिए। उनको परिवारले सरकारसमक्ष १२ बुँदे माग राख्दै आएको छ।लगातार भएका यी घटनापछि विस्थापित सुकुम्बास
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेपछि पार्टीभित्रै असहमति देखिएको छ।उद्धव थापामाथि कारबाही गर्ने निर्णयमा नेता कमल थापाले ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति जनाएका छन्। पर्याप्त छलफल नगरी जबरजस्ती निर्णय गरिएको भन्दै उनले फरक मत राखेका हुन्।कमल थापाले आफू लगायत केही नेताहरू उक्त निर्णयसँग असहमत रहेको बताएका छन्।‘पार्टीको विधानलाई लत्त्याउँदै निरंकुश ढंगबाट संसदीय दलको नेतालाई कारबाही गरिएको छ, यो हामीलाई मान्य छैन,’ उनले भने।उद्धव थापालाई कारबाही गर्ने निर्णयमा पार्टीभित्रै फरक मत देखिएसँगै राप्रपाको आन
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताएका छन्।बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवेदनशील निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थामाथि प्रश्न गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए।उनले व्यक्तिगत जीवनजस्तै संवैधानिक निकायसँग सम्बन्धित विषय पनि संवेदनशील हुने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर भन्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.