काठमाडौं । जगदीश घिमिरे प्रतिष्ठानले ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ यस वर्ष दुई जना साहित्यकारलाई प्रदान गर्ने भएको छ ।प्रतिष्ठानले यस वर्षको पुरस्कार वितरण समारोह मन्थली नगरपालिकाको समन्वयमा आगामी माघ ३ गते आयोजना गर्ने भएको छ ।प्रतिष्ठानले नेपाली साहित्यका शिखर पुरुष स्वर्गीय जगदीश घिमिरेको स्मृतिमा स्थापित ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ हरेक वर्ष नगद ५१ हजारको पुरस्कार राशी सहित एक जना सहित्यकारलाई प्रदान गरिदैँ आएको छ ।यसपाली २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई प्रदान गर्ने जानकारी प्रतिष्ठानले गराएको छ । यसैगरी, कार्यक्रममा देशका विभिन्न स्थानबाट आए
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।शुक्रबार सूचना जारी गर्दै प्रतिष्ठानले करार सेवामा रहेका कर्मचारीहरूलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति लागि दरखास्त आह्वान गरेको हो । विभिन्न १९ पदमा दरखास्त आब्हान गरिएको हो ।आगामी माघ २२ गतेसम्म योग्य उम्मेदवारले दरखास्त बुझाउन सक्नेछन् ।प्रतिष्ठानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी नेपाल बैंक लिमिटेड, लगनखेलमा रहेको प्रतिष्ठानको खातामा दस्तुर जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्ने छ ।
रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि रौतहटमा निर्वाचन प्रहरी बन्न युवाहरूको ठूलो उत्साह देखिएको छ। जिल्लामा आवश्यक संख्याभन्दा झण्डै दोब्बर बढी आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म कुल ६ हजार २ सय ८४ जनाले आवेदन दिएका छन्। जसमा ९ सय ३६ महिला र ५ हजार ३ सय ४८ पुरुष रहेका छन्।रौतहटमा निर्वाचन सुरक्षाका लागि ३ हजार ९ सय ५१ जना म्यादी प्रहरीको आवश्यकता रहेको भन्दै यसअघि नै सूचना आह्वान गरिएको थियो।आवेदन संकलनका लागि जिल्ला प्रहरी का
सर्लाही— गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ परेका छन् ।सर्लाहीको हरिवन नगरपालिका– ३ डाबरी टोल निवासी ३४ वर्षीय फेकन साह तेली जेनजी आन्दोलनको क्रममा भागी फरार भएका थिए।उनी त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। फरार भएपछि उनी आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो।प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ करिब ५ बजे फेकनलाई नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका उनलाई आवश्यक का
काठमाडौं— नेपाली कांग्रेसको देउवा समूहले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन हुन लागेको हो।पत्रकार सम्मेलन दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा हुने छ। सम्मेलनमा देउवा समूहका केन्द्रीय नेताहरूको उपस्थिति रहने पौडेलले जानकारी दिए।बुधबार राति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा केन्द्रीय समिति निर्वाचित भएको थियो। तर, देउवा समूहले उक्त विशेष महाधिवेशनलाई मान्यता नदिएको जनाएको छ।विशेष महाधिवेशनबाट निर्वाचित के
काठमाडौं— लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ।माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले यो जानकारी दिएका छन्।
काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मूल्य समायोजन बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ।निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १–१ रुपैयाँले घटाइएको हो।नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ, र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।नयाँ मूल्य इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्यअनुसार समायोजित गरिएको निगमले जनाएको छ।
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ ।बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ । विकास निर्माणको कामलाई प्रभावनकारी बनाउदै जनताको आकांक्षालाई पुरा गर्न लागिपर्ने समझदारी बनेको छ ।सञ्चारमन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग एकपक्षीय र बहुपक्षीय भेटव
काठमाडौं— आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।वि.सं.१९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो।भूकम्पीय जोखिम उच्च रहेको नेपालमा सुरक्षित निर्माण र व्यवहारिक सतर्कता अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।दिवसका अवसरमा आज देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन्
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरमा पार्टीको अभियान उद्घोषसभा आयोजना गरिने जानकारी दिएका छन् । आज उक्त सभाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उनले जनकपुरको कार्यक्रममा विशेष राजनीतिक महत्व र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै मञ्चमा उभिँने बताए ।प्रवक्ता झाले भने, ‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोषसभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै राजनीतिक सभाम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.