समाज

    Showing १,२०१-१,२१० of ११,१६२ items.
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही भुभाग र केहि कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ । ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको

    • प्रकाशित मितिः असार १६, २०८३
    • ५०२ पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७१ पै

    • प्रकाशित मितिः असार १६, २०८३
    • ४७५ पटक पढिएको
  • गृहमन्त्री गुरुङले आफ्नो गाडीबाट कालो सिसा हटाउन लगाए

    काठमाडौं— सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले आफ्नै सवारीबाट शुरूआत गरेका छन् ।सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले आफूले प्रयोग गर्ने सरकारी गाडीमा जडान गरिएको कालो सिसासमेत तत्काल हटाउन निर्देशन दिएका हुन् । त्यससँगै ट्राफिक प्रहरीलाई पनि अभियानलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउन आग्रह गरेका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले लगायतका अधिकृतसँग छलफल गर्दै मन्त्री गुरुङले कानून सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका थिए । उनले सरकारी वा निजी जुनस

    • प्रकाशित मितिः असार १५, २०८३
    • ५६७ पटक पढिएको
  • कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ

    काठमाडौं— सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भोजपुर जिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ हुन् । उनलाई सार्वजनिक शान्ति खलल पार्ने कसुर गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा पेश गरिएको छ ।

    • प्रकाशित मितिः असार १५, २०८३
    • ५४३ पटक पढिएको
  • भीम रावल प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन्

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताएका छन् । सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको दक्षिणी सीमामा लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन नसकेको बताउदै सरकारको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘नेपालजस्तो संवेदनसिल भूराजनीतिक अवस्थामा भएको देशमा दक्षिणतिर लिपियाधुरा–लिपुलेक र कालापानीमा अतिक्रमण छ । सुस्ता

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४८३ पटक पढिएको
  • ‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ मंसिर ४ मा प्रदर्शन हुँदै

    काठमाडौं— व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो।सार्वजनिक गरिएका पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको छ। दुई पोस्टरले एउटै प्रेमकथाका फरक–फरक भाव र मनोविज्ञान प्रस्तुत गरेका छन्। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।पहिलो पोस्टरमा सोनम र उपासनाबीचको प्रेम,

    • प्रकाशित मितिः असार १५, २०८३
    • ५५९ पटक पढिएको
  • धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छः कृषि सचिव मिश्र

    काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने बताएका छन् । ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए।उनले भने, ‘घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो। आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ। त्यसैले धान खेत जोगाउनु सबैको साझा दायित्व हो।

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४६७ पटक पढिएको
  • म्याद थपका लागि एमाले नेता पौडेललाई अदालत पुर्‍याइयो

    काठमाडौं—  दोस्रोपटक म्याद थपका लागि पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ । यसअघि विशेषले सात दिनको म्याद थप गरेको थियो ।सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धानका लागि पौडेल पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए ।आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार १५, २०८३
    • ५३२ पटक पढिएको
  • बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषयः सभामुख अर्याल

    काठमाडौं—  सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्।सोमबार महालेखापरीक्षक कार्यालयको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन उल्लेख गर्दै आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८८ अर्ब ९ करोड बेरुजु देखिएको र हालसम्मको अध्यावधिक बेरुजु रु. ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको तथ्य सार्वजनिक भएको बताए।उनले भने,‘बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय हुन सक्दैन। तथापि महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन पल्टाउँदा २०८१/८२ मा मात्र रु

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४६६ पटक पढिएको
  • भेष परिवर्तन गरेर सीमाक्षेत्र पुगे गृहमन्त्री, स्थानीयसँग तस्करीबारे बुझ्दै आकस्मिक अनुगमन

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले साधारण भेषमा बारा–पर्सा सीमाक्षेत्रको आकस्मिक अनुगमन गरेका छन्। हाफ पाइन्ट र टिसर्ट लगाएर सीमामा पुगेका उनले स्थानीय बासिन्दा तथा व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्दै तस्करी, भन्सार छली र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।गृह मन्त्रालयका अनुसार अनुगमनको उद्देश्य सीमाक्षेत्रको वास्तविक अवस्था बुझ्नु, स्थानीयको गुनासो सुन्नु तथा सम्बन्धित निकायबाट प्राप्त प्रतिवेदनसँग स्थलगत अवस्थाको तुलना गर्नु रहेको थियो।अनुगमनपछि हालसम्म कुनै प्रहरी कर्मचारीमाथि कारबाही गरिएको वा जागिरबाट हटाइएको भन्ने आधिकारिक विवरण सार्वजनिक भएको छैन। त्यस्तै, तस्करीमा प्रहरीको संलग्नता व

    • प्रकाशित मितिः असार १५, २०८३
    • ५७४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.