काठमाडौं— सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले आफ्नै सवारीबाट शुरूआत गरेका छन् ।सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले आफूले प्रयोग गर्ने सरकारी गाडीमा जडान गरिएको कालो सिसासमेत तत्काल हटाउन निर्देशन दिएका हुन् । त्यससँगै ट्राफिक प्रहरीलाई पनि अभियानलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउन आग्रह गरेका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले लगायतका अधिकृतसँग छलफल गर्दै मन्त्री गुरुङले कानून सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका थिए । उनले सरकारी वा निजी जुनस
काठमाडौं— सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भोजपुर जिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ हुन् । उनलाई सार्वजनिक शान्ति खलल पार्ने कसुर गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा पेश गरिएको छ ।
काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताएका छन् । सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको दक्षिणी सीमामा लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन नसकेको बताउदै सरकारको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘नेपालजस्तो संवेदनसिल भूराजनीतिक अवस्थामा भएको देशमा दक्षिणतिर लिपियाधुरा–लिपुलेक र कालापानीमा अतिक्रमण छ । सुस्ता
काठमाडौं— व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो।सार्वजनिक गरिएका पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको छ। दुई पोस्टरले एउटै प्रेमकथाका फरक–फरक भाव र मनोविज्ञान प्रस्तुत गरेका छन्। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।पहिलो पोस्टरमा सोनम र उपासनाबीचको प्रेम,
काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने बताएका छन् । ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए।उनले भने, ‘घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो। आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ। त्यसैले धान खेत जोगाउनु सबैको साझा दायित्व हो।
काठमाडौं— दोस्रोपटक म्याद थपका लागि पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ । यसअघि विशेषले सात दिनको म्याद थप गरेको थियो ।सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धानका लागि पौडेल पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए ।आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्।सोमबार महालेखापरीक्षक कार्यालयको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन उल्लेख गर्दै आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८८ अर्ब ९ करोड बेरुजु देखिएको र हालसम्मको अध्यावधिक बेरुजु रु. ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको तथ्य सार्वजनिक भएको बताए।उनले भने,‘बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय हुन सक्दैन। तथापि महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन पल्टाउँदा २०८१/८२ मा मात्र रु
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले साधारण भेषमा बारा–पर्सा सीमाक्षेत्रको आकस्मिक अनुगमन गरेका छन्। हाफ पाइन्ट र टिसर्ट लगाएर सीमामा पुगेका उनले स्थानीय बासिन्दा तथा व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्दै तस्करी, भन्सार छली र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।गृह मन्त्रालयका अनुसार अनुगमनको उद्देश्य सीमाक्षेत्रको वास्तविक अवस्था बुझ्नु, स्थानीयको गुनासो सुन्नु तथा सम्बन्धित निकायबाट प्राप्त प्रतिवेदनसँग स्थलगत अवस्थाको तुलना गर्नु रहेको थियो।अनुगमनपछि हालसम्म कुनै प्रहरी कर्मचारीमाथि कारबाही गरिएको वा जागिरबाट हटाइएको भन्ने आधिकारिक विवरण सार्वजनिक भएको छैन। त्यस्तै, तस्करीमा प्रहरीको संलग्नता व
काठमाडौं— काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिका १४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकलको पछाडि बस्ने कैलाली धनगढी नगरपालिका घर भई नैकाप बस्ने २७ वर्षीया मुस्कान भट्ट घाइते भएकी छन्। उनको अवस्था सामान्य छ।
काठमाडौं— काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलाको सूर्यमुखी चोकमा रहेको एक गोदाममा आगलागी हुँदा करिब १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।प्रहरीका अनुसार माँ ट्रेडर्स र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिले सञ्चालन गर्दै आएको गोदाममा आगलागी भएको हो। आगलागीबाट गोदाममा रहेका सामग्री पूर्ण रूपमा नष्ट हुँदा ठूलो आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.