समाचार

    Showing 9,441-9,450 of 25,697 items.
  • दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण

    काठमाडौं— दक्षिण चीनमा आएको ‘तुफान माट्मो’ का कारण २ लाख ७१ हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।२०२५ प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको आँधी ‘तुफान माट्मो’ आइतबार दिउँसो करिब २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन काउन्टीको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै दक्षिण चीनका विभिन्न क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।ग्वाङ्डोङ मौसम सेवा अनुसार आँधीको केन्द्रमा अधिकतम हावाको वेग प्रतिसेकेन्ड ४२ मिटर पुगेको थियो भने केन्द्रीय न्यूनतम वायुमण्डलीय दबाब ९६५ हेक्टोपास्कल मापन गरिएको थियो । आँधीको प्रभावका कारण ग्वाङ्डोङले आफ्नो तुफान आपतकालीन प्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 654 पटक पढिएको
  • आफ्नै आमाको ज्यान लिने छोरा पक्राउ

    धादिङ— धादिङमा आमाको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति धारिलो हतियार प्रहार गरी उनले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए ।घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए । यमबहादुरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 553 पटक पढिएको
  • ‎ भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने

    काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक समेत गरिसकिएको छ । पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेसनल स्टुडियोजले दिएको छ ।अहिले कलाकार छनोटको कार्य चलिरहेको जनाइएको छ । कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 382 पटक पढिएको
  • मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित

    मनाङ— मनाङ जिल्ला प्रदेशसभा क्षेत्र नं. २ मा तय गरिएको उपनिर्वाचन स्थगित भएको छ। निर्वाचन आयोगले विभिन्न प्राविधिक र प्रशासनिक कारण देखाउँदै उपनिर्वाचन रोकिएको जानकारी दिएको हो।निर्वाचन आयोग स्रोतका अनुसार, निर्वाचनको तयारीका क्रममा देखा परेका विविध अवरोध, स्थानीय स्तरमा देखिएको असहज परिस्थिति र प्राविधिक तयारी अपुरो भएकाले उपनिर्वाचन स्थगन गर्ने निर्णय गरिएको हो।यसअघि, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको समयावधिमा मनाङ–२ मा निर्वाचित सांसदको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको थियो। तर, आवश्यक पूर्वाधार, जनशक्ति तथा सुरक्षा व्यवस्थापनमा चुनौती देखा परेपछि प्रक्रिया अगाडि बढाउ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 602 पटक पढिएको
  • पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

    विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ ।घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पु¥याएको बताइएको छ ।आइतबार पनि नेपाली सेनाले गर्भवती महिला सहित दुई जनालाइ उद्दार गरेर इटहरी उपचारका लागि ल्याएको थियो ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 262 पटक पढिएको
  • आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले गर्यो झण्डै २२ करोड भुक्तानी

    काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ ।हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दावी बापत २१ करोड ७४ लाख ४५ हजार ८३१ भुक्तानी गरेको जनाएको छ ।उक्त दावी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोजराज लुइँटेलले बताए ।साथै

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 199 पटक पढिएको
  • आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 625 पटक पढिएको
  • सर्लाहीका १६ सय भन्दा बढी घर बाढीको डुबानमा

    सर्लाही— राजेन्द्र बिश्वकर्मा, सर्लाही दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका – ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका – ७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 569 पटक पढिएको
  • हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ। शिशुको तौल मात्र ७५० ग्राम रहेको र अत्यन्तै नाजुक अवस्थामा भेटिएको उनले बताइन्।शिशुलाई सुरुवाती उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 494 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

    काठमाडौं— नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित आइतबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए।तर आजदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । 

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.