समाचार

    Showing 9,371-9,380 of 19,663 items.
  • तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । आइतबार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची  छ ।त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 211 पटक पढिएको
  • भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

    सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय  किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन् ।यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि सङ्र्घषसँग साक्षत्कार गर्नुपर्यो । सानै उमेरमा आम

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 226 पटक पढिएको
  • विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

    काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ ।हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताउँछन् । नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताए ।कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिन

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 248 पटक पढिएको
  • सम्यक दान पर्वमा दुई हजार भिक्षुलाई महादान गरिने

    भक्तपुर । तीन सय ५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको महादान ‘सम्यक दान पर्व’ मा यस वर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ ।शनिबार सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा गरिने बौद्ध परम्पराअनुसारको सम्यक महादान पर्वमा भिक्षुलाई महादन गर्ने तयारी रहेको जानकारी दिए । पाँच दीपकङ्र बुद्धका मूर्तिहरूलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरूलाई प्रसाद, चामललगायत विभ

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 356 पटक पढिएको
  • इटालियन नागरिकको हेलिकप्टरमार्फत उद्धार

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित युनाइटेड मेवाहाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए । उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । फेटोजाको बायाँ हात भाँचिएको छ भने पेटमा समेत चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 238 पटक पढिएको
  • पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

    काठमाडौं  ।  आज पुस २७ पृथ्वीजयन्ती । वास्तवमा पृथ्वीनारायण शाहको तस्विर कस्तो थियो भन्नेमा धेरैलाई अन्योलता छ । तर सामान्यत उनको चित्रका सन्दर्भमा एउटै तस्विर दिमागमा फनफनी घुम्छ–श्रीपेच पहिरिएको र ‘चोर औंला’उठाएको । उनका सालिक हुन् वा तस्विरमा औंला ठड्याइरहेको चित्र कसरी बन्यो ? ठडिएको औंलाको अर्थ के हो ? चित्र केबल चित्रमात्र होइन इतिहास पनि हो । कपाल, आँखा, अनुहार, आभूषण, बसेको वा उभिएको तस्विरले इतिहास झल्काउँछ । हुलाक टिकटका लागि पृथ्वीनारायणको चित्र कोर्ने केके कर्माचार्यलेसिंहदरबार अगाडिको शालिक बनाउनु भन्दा पहिला हुलाक टिकटका लागि चित्र उतारेको दावी गरेका छन् । शाल

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 201 पटक पढिएको
  • झापामा भारतीय कारको ठक्करबाट भारतीय नागरिककै मृत्यु

    झापा : झापामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शुक्रबार राति भारतीय नागरिकको मृत्यु भएको छ ।दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डब्लूबी ७४ एजी १२२५ नम्बरको कारले शुक्रबार राति ९ः३० बजेतिर मेचीनगर नगरपालिका–१५ मा ठक्कर दिँदा भारतको पश्चिम बंगालका २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादक घाइते भएका थिए । घाइतेलाई उपचारका लागि धुलाबारीको आम्दा अस्पताल लगिएको थियो ।अस्पताल पुर्याउनसाथ अप्पुलाई चिकित्सकले मृत घोषित गरेका हुन् । केशवलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको छ ।प्रहरीका अनुसार मृतक र घाइते दुवै जना भगवती प्लाई फ्याक्ट्रीमा कार्यरत मजदुर हुन् । प्रहरीले कार र चालक भ

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 195 पटक पढिएको
  • नगरप्रमुख नेपाली र सहकारीपीडितबीच मेलमिलाप

    बलेवा (बागलुङ) । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र सहकारीपीडितहरुबीच मेलमिलाप भएको छ । पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन् । उनीहरुको मेलमिलापका लागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो ।ठगी मुद्दामा नेपालीलाई विपक्षी बनाएका जाहेरवालामध्ये पाँच सय ४७ जना बचतकर्ताले यो मेलमिलापपछि मुद्दा फिर्ता लिनेछन् । उनीहरुको ठगिएको रकम रु २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरे

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 182 पटक पढिएको
  • राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

    मनाङ । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारमा चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताए । उनले भने, ‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल ज

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 194 पटक पढिएको
  • यस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर ?

    हेटौंडा । मकवानपुर गढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राजा पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रुपमा इतिहासकारहरुले व्याख्या गरेका छन् ।हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गासिएको र हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ । नेपाल एकीकरणका बेला मकवानपुर गढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चलाखीपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए । उनले बिवाहमार्फत नै मकवानपुरको सुरक्षा व्यवस्थाका रहस्यहरु बुझेको बताइन्छ । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी यतिबेला पर्यटकहरुको रोजाइमा छ

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 140 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा