समाचार

    Showing 9,271-9,280 of 25,689 items.
  • सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    ढोरपाटन (बागलुङ), २४ असोज : अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगे

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 172 पटक पढिएको
  • ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

    खोटाङ, २४ असोज : जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा अर्थाभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारीसाधन भरिभराउ हँु

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 366 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ।बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ। समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ। पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 594 पटक पढिएको
  • मनुसमारा नदीमा डुबेर युवकको मृत्यु

    सर्लाही— सर्लाहीको मनुसमारा नदीमा डुबेर एक युवकको ज्यान गएको छ। बलरा नगरपालिका–१०, सुदामाका २८ वर्षीय हरि शङ्कर चौधरी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।चौधरीको शव मनुसमारा नदीमा डुबेको अवस्थामा भेटिएपछि प्रहरीले उद्दार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।मृतक चौधरी कुन अवस्थामा नदीमा पुगेका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 598 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा २२० किलो लागूऔषध गाँजा बरामद

    सिरहा— सशस्त्र प्रहरीले सिरहाको बलान खोलानजिकबाट २२० किलो लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको भागवनपुर गाउँपालिका–२ अन्तर्गत कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।सशस्त्र प्रहरी बल गुल्म इनर्वाबाट खटिएको टोलीले गएराति गस्तीका क्रममा बलान खोलानजिकको झाडी क्षेत्रबाट नौवटा बोरामा लुकाइएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईले जानकारी दिए।बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।अवैध लागूऔषध कारोबारविरुद्ध सशस्त्र प्रहरीको नियमित निगरानी र गस्ती कार्यक्रम अन्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 695 पटक पढिएको
  • ड्युटीमा रहेका वरिष्ठ सईसहित १४ जना जुवाडे पक्राउ, १३ लाखभन्दा बढी रुपैयाँ बरामद

    बाँके— बाँके प्रहरीले जुवाको अभियोगमा वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) सहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई शाही समेत रहेका छन्। उनी बिदामा नभई ड्युटीमै रहेका बेला जुवाको खालबाट पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार, नेपालगन्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा नेपालगन्ज–४ का पूर्ववडाध्यक्ष मो. सफिफ बेहना लगायत विज्ञान श्रेष्ठ,

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 631 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी असोज २९ देखि

    काठमाडौं— नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाबारे छलफल हुनेछ । यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अबिरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी रहेको  पार्टीका केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारील

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 475 पटक पढिएको
  • अत्यावश्यक प्रयासपछि बिपी राजमार्ग आजै खुल्ने, रातभर डोजरले हटाइयो अवरोध

    काठमाडौं— असोज १७ गतेदेखि बाढीका कारण पुनः अवरुद्ध बनेको बिपी राजमार्ग शुक्रबार दिउँसोसम्म सञ्चालनमा आउने भएको छ। दुई दिन लगातार परेको झरीपछि रोशी खोलामा आएको लेदो मिसिएको बाढीले राजमार्गको ५३०० मिटर डाइभर्सनमध्ये ३४१० मिटर भाग कटान गरेको थियो।डाइभर्सन पुनः निर्माण गर्न बिहीबार रातभर डोजर चलाइएको सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए। उनका अनुसार माथिल्लो र तल्लो माम्तीमा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। माथिल्लो माम्तीमा ४०–५० टिपर फिलिङ गरेपछि त्यो खण्ड सञ्चालनमा आउनेछ भने तल्लो माम्तीमा खोला डाइभर्सनको काम अन्तिम चरणमा पुगेको छ। उनका अनुसार शुक्रबार दिउँसो ४ बजेस

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 420 पटक पढिएको
  • आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

    काठमाडौं—  मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 675 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केहि स्थान हल्का वर्षाको सम्भावना रहेको छ।राति कोशी प्रदेशलगायत गण्डक

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 413 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.