काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केहि स्थान हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका केहि स्थान हल्का वर्षाको सम्भावना रहेको छ।





































